बुढानीलकण्ठका प्रत्येक वडामा ‘वडा युवा परिषद्’ गठन गरिने, भदौ १५ भित्र आवेदन दिन आह्वान

बुढानीलकण्ठका प्रत्येक वडामा ‘वडा युवा परिषद्’ गठन गरिने, भदौ १५ भित्र आवेदन दिन आह्वान

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

बुढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सबै वडाहरूमा ‘वडा युवा परिषद्’ गठन गर्ने प्रक्रिया अघि बढाउदै सुचना प्रकासित गरेको छ । नगरपालिकाको नगर युवा परिषद् ऐन, २०७९ बमोजिम युवाहरूको सशक्तीकरण, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले यो परिषद् गठन गर्न लागिएको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै भदौ १५ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ।
आवश्यक योग्यताहरू:
    • १६ वर्ष पूरा भई २५ वर्ष ननाघेको नेपाली नागरिक।
    • बूढानीलकण्ठ नगरपालिकाको स्थायी बासिन्दा।
    • युवाहरूको क्षेत्रमा योगदान पुर्‍याइरहेको व्यक्ति।
    • फौजदारी अभियोगमा सजाय नपाएको व्यक्ति।

इच्छुक युवाहरूले सूचनामा उपलब्ध गराइएको क्युआर कोड (QR Code) स्क्यान गरेर वा तोकिएको अनलाइन लिङ्क (budhanilkanthayouthcouncil.com) मार्फत फारम भर्न सक्नेछन्। साथै, नगर युवा परिषद्को कार्यालयमा उपलब्ध हुने भौतिक आवेदन फारम भरेर पनि निवेदन दिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिनुभयो।
तपाइँको प्रतिक्रिया ।