रिलायन्स एजुकेसन नेटवर्कको आरपीमुन ( RPMUN) एघारौं सस्करण सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २।
रिलायन्स एजुकेसन नेटवर्कको आरपीमुन (RPMUN) एघारौं सस्करण भव्यताका साथ रिलायन्स पब्लिक स्कुलको सभाहल कपनमा सम्म्पन्न भएको छ ।
समापन समारोहको अध्यक्षता गर्दै रिलायन्स एजुकेसन नेटवर्कका संचालक तथा सिनियर चार्टर्ड एकाउन्टेन्ट राजुकुमार सिवाकोटीले यस्ता अन्तर्राष्ट्रिय फार्म्याटका कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास तथा नेतृत्व विकासमा अत्यन्तै राम्रो प्रभाव पार्ने बताए।
कार्यक्रमको शुरूवातमा नै दुई मिनेटको ध्यान तथा थीम अफ द मन्थको परिचर्चा रेनका संचालक समिती सदस्य तथा सस्कृती विभाग प्रमुख दामोदर निरौलाले गर्नु भयो आठ वटै समितिका उत्कृष्ट विधार्थीहरुलाई समिती अध्यक्षमार्फत घोषणा भएको थियो ।
उपस्थित सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन रेनका संचालक समिति सदस्य तथा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले गरेका थिए । समापन समारोहको प्रमुख अतिथि रिलायन्स एजुकेसन नेटवर्कका संचालक नन्दुप्रसाद कुशवाहा रहेका थिए ।
उक्त ३ दिने रास्ट्रीय सम्मेलनको रु महासचिवको रुपमा रोहित सन्जेल रहेका थिए। सम्मेलन निर्देशक दिलिप नेपाल र महासचिव सन्जेलका अनुसार यो सम्मेलनको बारौ सस्करण अगामी वर्ष भव्यताका साथमा आयोजना गरिने जानकारी दिएका छन । देशभरीबाट २२ वटा स्कुल मार्फत २०४ जना प्रतिनिधि उक्त रास्ट्रीय सम्मेलनमा भाग लिन काठमाडौ कपनमा उपस्थित भएका थिए ।
