बुढानिलकण्ठमा संक्रमण तिव्र गतिमा बढ्दै,नियन्त्रणका लागि गम्भीर छलफलमा जनप्रतिनिधिहरु

बुढानिलकण्ठमा संक्रमण तिव्र गतिमा बढ्दै,नियन्त्रणका लागि गम्भीर छलफलमा जनप्रतिनिधिहरु

कपन अनलाइन

काठमाडौं ,भाद्र ६।

बुढानीलकण्ठ नगरपालीकामा कोरोना संक्रमितको शंख्या दैनिक रुपमा बढ्दै गए संगै जटिल बनेको परिस्थितिका वारेमा काठमाडौं क्षेत्र नं ४ का जनप्रतिनिधिहरुले यसका वारेमा छलफल गरेका छन।

काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा ,काठमाडौं क्षेत्र नं ४ (२) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,बागमती प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ,बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई ,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,स्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहाल लगायत सहभागी रहेको सो बैठकमा कोभिड -१९ नियन्त्रण तथा रोकथामका वारेमा गम्भीर छलफल भएको थियो।

काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये सबैभन्दा धेरै १२० संक्रमित देखिएको बुढानिलकण्ठ नगरपालिकामा परिक्षणको दायरा बढाउने र नगरपालिकामा निर्माण भएका क्वारेन्टाइन भवनलाई प्रयोगमा ल्याउने लगायतका विषयमा छलफल गरिएको सो अवसरमा विषम परिस्थिति संग जुध्न सबै तहका प्रतिनिधिहरुले सामुहिक पहल गर्ने निर्णय गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकामा दैनिक संक्रमित शंख्या थपिनु राम्रो संकेत नभएको भन्दै प्रतिनिधि सभा सदस्य गगन थापाले यसको नियन्त्रण र रोकथामका लागि विशेष योजना बनाउनु पर्ने बताउदै यसका लागि तिनै तहका प्रतिनिधिहरुको सहभागिता र सक्रियता आवस्यक भएको बताएका थिए।

सो छलफलमा  कोरोना संक्रमण समुदाय सम्म पुग्न नदिनका लागि कन्ट्रयाक्ट ट्रेसिंगलाई तीव्रता दिने,जोखिम समुहमा रहेकाहरुको पहिचान र परिक्षण गर्ने र निषेधाज्ञालाई प्रभावकारी बनाउने र व्यापक सचेतना कार्यक्रम संचालन गर्ने कार्यलाई अगाडी बढाउने निर्णय गरिएको प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले बताएका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।