कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना संक्रमित बिवरण सार्वजनिक,सुरक्षित रहन नगर प्रमुखको आग्रह

कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना संक्रमित बिवरण सार्वजनिक,सुरक्षित रहन नगर प्रमुखको आग्रह

कपन अनलाइन

काठमाडौँ, भाद्र ६। कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना बिवरण सार्वजनिक गरेको छ, नगर प्रमुख कृष्ण हरि थापाले सामाजिक संजाल मार्फत उक्त बिवरण सार्वजनिक गरेका हुन्।उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिकामा मिति २०७७ बैशाख १ गते देखी २०७७ भाद्र ५ गते सम्म मुलपानी नगर अस्पताल बाट नि:शुल्क PCR/RDT Test निम्न अनुसार रहेको  उनले जानकारी गराए। जसमा पी सी आर परिक्षणको लागि १६ सय ९१ जना पुरुष र ७ सय २२ जना महिलाको गरि कुल २४ सय १३ जनाको स्वाब संकलन गरिएको जानकारी गराए। त्यसै गरि  उनले नगरपालिका हाल सम्म ७८४ जना पुरुषको र ५६० जना महिला गरि कुल १३सय ४४ जनाको आर डी टि परिक्षण गरिएको जानकारी गराए ।

उनले पिसीआर परिक्षण बाट ४९ जना पुरुष र २१ जना महिला गरि कुल ७० जनामा कोरोना पुष्टी भएको पनि जानकारी गराए  त्यस्तै उनले आर डी टि  परिक्षण गर्दा  २२ जना पुरुष र १३ जना महिलाको आर डी टि पोजेटिभ देखिएको पनि जानकारी गराए ।उनले हाल आर डी टि परिक्षण बन्द गरिएको जानकारी गराउदै  नगरपालिकाले प्रत्येक हप्ताको सोमबार र शुक्रबार बिहान  ९ बजे देखि १ बजे सम्म पी सी आर परिक्षण गरिदै आएको पनि जानकारी दिए।

कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य  सुरक्षाका नियमहरु पालन गर्न नगरबासीहरुलाई नगर प्रमुख कृष्णहरि थापाले  अनुरोध गरेका छन ।काठमाडौं उपत्यकता लगायत  कागेश्वरी नगर क्षेत्र भित्र पनि संक्रमण बढिरहेको अवस्थामा कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै नगरबासीहरुलाई  स्वास्थ्य  सुरक्षाका नियमहरु पालन गर्न  अनुरोध गरेका हुन् ।

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको  बताए । उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका  मापदण्ड  सबैले आ आफ्नो ठाउ बाट पालना गर्न समेत नगर बासीलाइ अनुरोध गरेका हुन्  । उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द  गर्न समेत  अनुरोध गरेका हुन् ।

जोखिम बढे संगै अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको  उनि बताउछन ।अहिले कतिपय व्यक्तिहरूले ‘म त युवा उमेरको छु त्यसैले केही हुँदैन’ भन्ने जस्तो व्यवहार देखाएको देखिएको छ।”तर त्यही व्यक्तिको घरमा वृद्धवृद्धा वा दीर्घरोगीहरू हुनसक्छन्। उसको सम्पर्कमा पनि त्यस्ता व्यक्ति पुग्नसक्छन्। त्यसैले सबैले ‘मलाइ केही नभए पनि अरूलाई हुनसक्छ’ भन्ने सोचिदिनुपर्छ,” नगर प्रमुख   थापाले भने

तपाइँको प्रतिक्रिया ।