कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को खहरेचोक देखि बिरेन्द्रचोक सम्म शिल
कपन अनलाइन
काठमाडौँ, भाद्र ६। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ ले खहरेचोक देखि बिरेन्द्रचोक सम्म शिल गरिएको सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ।
वडा अध्यक्ष कुन्दन खड्का द्वारा भाद्र ५ गते जारी गरिएको उक्त सुचनामा विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारणले गर्दा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९को खहरेचोक देखि बिरेन्द्रचोक आसपास क्षेत्रमा कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या दिन प्रतिदिन तिब्ररुपमा बढ्दै गइरहेको हुँदा वडा समितिको २०७७ साल भाद्र ५ गते बसेको आपतकालीन बैठकको निर्णय अनुसार सर्व साधारणको स्वास्थ्यलाइ मध्यनजर राखी खहरेचोक देखि बिरेन्द्रचोक सम्म (जगतजंगमार्ग)को दायाँ बायाँ एक सय मिटर सम्मको लागि सो क्षेत्रमा सम्पूर्ण व्यवासय तथा यातायातहरु (दमकल र एम्बुलेन्स बाहेक) बन्द हुने र सो क्षेत्रमा मानिसहरु समेत हिडडुल गर्न निशेष गरिएको हुँदा अर्को सुचना प्रकाशित नहुन्जेल सम्मका लागि मिति २०७७ साल भाद्र ५ गते राती १२ बजे देखि ससो क्षेत्र सिल गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ ।