कागेश्वरीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आपतकालीन बैठक सम्पन्न

कागेश्वरीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आपतकालीन बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र २ ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कागेश्वरी मनोहरा नगरपालिकामा पनि दिनानुदिन बढ्दै गएको अवस्थामा सोमबार  कागेश्वरी मनोहरा नगरपालिकामा नगरस्तरीय जनस्वास्थ्य आपतकालीन बैठक सम्पन भएको छ  । उक्त बैठकमा नगर प्रमुख कृष्णहरि थापा ,प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञावली, नगर प्रवक्ता राजाराम पुडासैनी, स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी कोइराला  महानगरीय प्रहरी वृत्तका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की , महानगरीय प्रहरी प्रभाग साँखुका कार्यलय प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी, कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बैठकमा नगर प्रमुख कृष्णहरि थापाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट कागेश्वरी मनोहरा नगरपालिका पनि अछुतो नरहेकोले कोभिडको संक्रमण भएका नगरबासीहरुको उपचारमा नगरपालिका लागिपरेको बताए ।कोभिडको संक्रमणबाट नगरबासीहरुलाई जोगाउनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताउदै नगर प्रमुख थापाले अनिबार्य रुपमा मास्क लगाउन सबै नगरबासीहरुलाई आग्रह  गर्दै नगरभित्र आउने नागरिकहरुलाई अनिवार्य PCR गरेर मात्र नगर प्रवेश गर्ने व्यवस्था गरिएको  बताए।

 उनले नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा नगरपालिकाले हर संभव प्रयास गरिरहेको पनि बताए ।कोभिडको संक्रमण भएका नगरबासीहरुलाई अस्पताल पुर्याउने लागि डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिदै  नगर प्रमुख थापाले २ वटा CICT टिम बनाएर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि कार्य गरिरहेको जानकारी गराए।

 बैठकमा कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा सह संयोजक  लक्ष्मी कोइरालाले कागेश्वरी मनोहरा नगरपालिकामा हालसम्म ५६ जना कोभिडबाट संक्रमित भएको जानकारी गराउदै  संक्रमितको  स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन ।संक्रमितमध्ये केहि अस्पतालमा उपचाररत रहेको र केहिलाई घरमै स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको कोइरालाले बैठकलाइ जानकारी गराएकी  थिइन् ।

उनले कागेश्वरी मनोहरा नगरपालिकामा  ५ वटा स्वास्थ्य चौकी, एउटा प्रस्तावित नगर अस्पताल, ३ वटा आधारभूत स्वास्थ्य केन्द्र, २ वटा प्रजनन स्वास्थ्य केन्द्र, ११ वटा गाउँघर क्लिनिक, १९ वटा खोप केन्द्र र १ सय १८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरु मार्फत् स्वास्थ्य सेवा प्रदान गरिरहेको  जानकारी गराएकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।