किर्तिपुर -२ र चन्द्रागिरी १५ को सिमाना बखु खोलापुल मुनि एक पुरुषको शव भेटियो

किर्तिपुर -२ र चन्द्रागिरी १५ को सिमाना बखु खोलापुल मुनि एक पुरुषको शव भेटियो

कपन अनलाइन

काठमाडौं ,भाद्र २ ।

कीर्तिपुर नगरपालिका वडा नं  २ मक्वाचा र  चन्द्रागिरी नगरपालिका वडा नं  १५ तीनथाना जोड्ने   झोलुङ्गे  पुल मुनि पुरूषकाे शव भेटिएकाे छ । कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बखु खोलाको पुल मुनि एक पुरुषको शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

अन्दाजी ४०–५० वर्षका ती मृतककाे शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनकाे सनाखत हुन सकेकाे छैन ।

शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सनाखत हुन नसकेपछि प्रहरीले मृतककाे तस्विर समेत सार्वजनिक गरेकाे छ। शवकाे पहिचान भएमा नजिकैकाे प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।फोटो सौजन्य :चन्द्रागिरी न्युज

तपाइँको प्रतिक्रिया ।