निजी क्षेत्रलाई मन्त्रीपुनको आग्रहः ढुक्क भएर जल विद्युतमा लगानीगर्नुस्, सरकार बिजुली किन्न तयार छ

निजी क्षेत्रलाई मन्त्रीपुनको आग्रहः ढुक्क भएर जल विद्युतमा लगानीगर्नुस्, सरकार बिजुली किन्न तयार  छ

कपन अनलाइन

काठमाडौं ,भाद्र २।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई अपिल गरेका छन ।
नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पुनले निजी क्षेत्रको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

निजी क्षेत्रबाट उत्पादित बिजुली सरकारले खरिद गर्ने र बजारको व्यवस्था मिलाउने मन्त्री पुनको भनाइ थियो । सरकारले विद्युत उत्पादन गर्न अनुमति प्रदान गर्ने तर, खरिद सम्झौता (पीपीए) नहुने भन्ने हुनै नसक्ने मन्त्री पुनको प्रष्टोक्ति छ । ‘लगानीगर्नुस्, भनेर लाइसेन्स दिएपछि पीपीए नगर्ने भन्ने हुँदैन । तपाईंहरु लगानी गर्नुस् । म विश्वास दिलाउन चाहन्छु सरकारले पीपीए गर्छ’, मन्त्रीपुनले भन्नुभयो, ‘निजी क्षेत्रले उत्पादन गरेको विद्युतखरिद गरेर बजारको व्यवस्था  गछौं । यो सरकारले प्रतिबद्धता हो ।’

उनले उत्पादित बिजुली देशभित्रै घरेलु बजारमाखपतनभए क्षेत्रीय बजारको व्यवस्था गर्ने बताएका थिए ।  स्वतन्त्र ऊर्जा प्रवर्द्धकहरुको  संस्था (इपान) ले जलविद्युतमा निजी क्षेत्रको ७ खर्ब लगानी रहेको बताउँदै आएको चर्चा गर्दै मन्त्रीपुनले लगानी डुब्न नदिने प्रतिबद्धता जनाएका थिए  । हालसम्म विद्युत प्राधिकरणले सातहजार मेगावाटको विद्युत खरिद सम्झौता गरेको र २१ ह्जार मेगावाटको सर्भे लाइसेन्स जारी भएको जानकारी उनले दिएका छन ।

मन्त्रीपुनले सार्वजनिक संस्थानहरु पनि नाफामा सञ्चालनहुन सक्छन् भन्ने राम्रो उदारण नेपाल विद्युत प्राधिकरण रहेको चर्चा गर्दै वार्षिक ३४ अर्ब घाटामा गएको प्राधिकरण ११ अर्ब नाफामाजानु राष्ट्रिय गौरवको विषयभएको उल्लेख गरेका थिए  । राजनीतिक नेतृत्वको स्पष्ट देष्टिकोण र व्यवस्थापनको चुस्तताकाकारण प्राधिकरण राष्ट्रिय गौरवको संस्थाका रुपमा स्थापित भएको चर्चा मन्त्रीपुनले गरेका थिए  । उनले आफू करिब १० वर्षअघि अर्थमन्त्री भएका बेला २७ अर्ब घाटामा गएर धारासायी भएको प्राधिकरणलाई पुनर्जीवनदिन सरकारले घाटा ब्यहोरेको स्मरण पनि गरेका थिए  ।
प्राधिकरणलाई आजको अवस्थामा ल्याइ पुर्याउन  कार्यकारी निर्देशकसहित स्थायी, अस्थायी, करार र ज्यालादरी गरी प्राधिकरणका १२ हजार कर्मचारीको मिहेनत, परश्रम र रगतपसिना बगेको मन्त्रीपुनले स्मरणगरेका थिए  ।

वार्षिकोत्सवका अवसरमा कर्मचारी कल्याणकारी कोषमा ७ करोड र कार्यकारी निर्देशक देखि स्थायी, अस्थायी, करार र ज्यालादारी समेत गरी प्रत्येक कर्मचारीलाई सातहजार रुपैयाँ प्रोत्साहन स्वरुप दिने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको जानकारी मन्त्रीपुनले दिएका थिए।

तपाइँको प्रतिक्रिया ।