बुढानिलकण्ठ वडा नं २ वासीकु टोलमा आँगन शिक्षा संचालन

बुढानिलकण्ठ वडा नं २ वासीकु टोलमा आँगन शिक्षा संचालन

कपन अनलाइन

काठमाडौं ,साउन ३२ / निशा बराल

काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नं २ वासीक टोलमा कोविद-१९ का कारण बिधालय जान बाट वन्चित भएका बालबालिकाहरुको लागि आँगन  शिक्षा संचालन गरिएको छ। उक्त कक्षा संचालन रोटरी क्लब बुढानिलकण्ठ, ग्लोबल एक्सन नेपाल (ज्ञान संस्था) ,वासिकु क्लब र बुढानिलकण्ठ नगरपालिका वडा नं २ को संयुक्त आयोजनामा गरिएको हो ।

यस कार्यकमका प्रायोजक शुभ बहुउदेश्य सहकारी संस्था लि रहेको छजसमा नर्सरी देखि १ कक्षा सम्मका विद्यार्थीका लागि बिहान र २ देखि ५ कक्षा सम्मका विद्यार्थीका लागि बेलुकाको समयमा २ घण्टा  कक्षा संचालन गरिएको छ।

उक्त कक्षामा बि एम सी ए, बाल विकाश, जय भद्रकाली, हिमालयन बोर्डिंग, सेन्ट जेविएर्स स्कुलमा अध्यनरत बिद्यार्थीहरु छन्। विद्यार्थीले अनलाइन कक्षा भन्दा आँगन कक्षामा पढ्दा धेरै कुराहरु बुझिने र आफ्ना मनका कुराहरु पनि भन्न पाइएको हुनाले यी कक्षा रमाइला रहेको जानकारी दिएका छन भने  अभिभाबकहरुले पनि आँगन शिक्षालाई हर्षित हुदै  प्रोत्साहन गर्ने बताएका छन  ।

बु न पा वडा २ का अध्यक्ष  राजेन्द्र खड्का र ग्लोबल एक्शन नेपालका अध्यक्ष  बाबुकाजी श्रेष्ठका अनुसार हाललाई यो कक्षा श्रावन १५ देखि भदौ १५ सम्म चल्ने र  थप अनुगमन गर्दै परिणाम हेरेर समय थपिन सक्ने जानकारी दिएका छन।

(निशा बराल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।