कागेश्वरी नगर भित्र कोरोना जोखिम न्यूनीकरणका लागि १५ दिन सम्म बिभिन्न व्यवसाय संचालनमा रोक :नगर प्रवक्ता राजाराम पुडासैनी

कागेश्वरी नगर भित्र कोरोना जोखिम न्यूनीकरणका लागि १५ दिन सम्म बिभिन्न व्यवसाय संचालनमा रोक :नगर प्रवक्ता राजाराम पुडासैनी

कपन अनलाइन

काठमाडौँ, भाद्र १ । कागेश्वरी मनोहरा नगरपालिकामा बिश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण २०७७ साल बैशाख १ गते देखि २० ७७ साल श्रावण ३२ गते सम्ममा  ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो नगरपालिका भित्र श्रावण ७ गते पछि ४६ जनामा कोरोना देखिएको र त्यसको प्रभाब विस्तार हुदै गएकोले सो महामारी बाट जोगिन नेपाल सरकारले जारि गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्ने र हाल नगर भित्र संचालनमा रहेका निम्न ब्यापार व्यवसायलाइ २०७७ साल भाद्र १ गते देखि १५ गते सम्म अनिवार्य बन्द गर्नको लागि नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी द्वारा हस्ताक्षरित  बिज्ञप्ति जारी गरेको छ। साथै उक्त बिज्ञप्ति बिपरित हुने कार्य भए गरेको पाइएमा नगर प्रहरी तथा नेपाल प्रहरी द्वारा कडा कारवाही गरिने समेत उल्लेख गरिएको छ ।

सो बिज्ञप्तिमा  जिल्ला प्रशासन कार्यलय बाट जारि निषेधाज्ञामा उल्लेख भएका निम्न व्यवसाय बन्द गर्न अनुरोध गरिएको छ ।

१ . कपाल काट्ने शैलुन र ब्युटीपार्लर
२ चिया पसल
.३ फेन्सि स्टोर तथा कपडा पसल
४. मोबाईल, घडी, इलेक्ट्रोनिक पसल
५. मदिरा पसल
६ . रेष्टुरेन्ट (प्यकिड्ग मात्र होम डेलिभरी)
७  मेकअपका सामान बेच्ने पसल
८ . बुटिक पसल, सुनचाँदी पसल
९. ड्राईभिड्ग सेन्टर
१० . ट्यूशन सेन्टर
११ . ठेलागाडा र फुटपाथका पसल
१२ स्नुकर
१३. कबाड़ी संकलन
१४ . मासु पसल
१५ . मोटर साइकल वर्कशप

१६. अत्यावश्यक सेवा खाद्यान्न ,तरकारी,औषधि पसल, दुग्ध पदार्थ, ग्यास पसलहरु स्वास्थ्य सुरक्षा मिलाई खोल्ने,

१७. उद्योग व्यावसाय संचालन गर्दा नेपाल सरकारले जारी  गरेको मापदण्ड प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।