मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प

मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प

कपन अनलाइन

काठमाडौं ,साउन ३२। मेनुका कार्की/ रन्जिता विश्वकर्मा

आईतबार कोरोना भाइरस सङ्क्रमणले साताको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको गरेको छ ।

“महान चाड नजिकिए पनि दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक ५ प्रतिशत मात्रै हुन्छ”– सुनचाँदी व्यवसायी निर्मला गदालले  भनिन – “व्यापार व्यवसाय प्रायः ठप्प रहेको छ ।”

दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने भए पनि यस वर्ष कोरोनाको त्रास र मूल्य वृद्धिले गर्दा व्यापार नहुने उनको भनाइ छ । सुनचाँदी व्यवसायी काठमाडौं निर्मला गदाल का अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून हुने गरेको छ । पहिले दैनिक १०/२० जना ग्राहक आउने गरेको भए पनि अहिले दैनिक १/२ जना मात्रै आउने गरेको उनको भनाइ छ ।

विगतका वर्षमा तीजको समयमा सुनको अभाव हुने गरेको भए पनि यस वर्ष भने नबिकेर बजारमा प्रशस्त सुन रहेको उनले बताए । उनका अनुसार पहिले दैनिक ८/१० तोला सम्म कारोवार हुने गरेको भए पनि अहिले भने दैनिक १ तोला मात्रै कारोवार हुन गारो परेको छ | कोरोना त्रास बढिरहेमा किन्ने भन्दा बेच्नेको सङ्ख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

कारोबार ठप्प हुँदाघर भाडामा लिएर व्यवसाय गर्नेलाई भाडा तिर्नसमेत समस्या हुने गरेको छ । आज सुन प्रतितोला ९८४०० र चाँदी प्रततोला १३२५ रहेको छ|

(मेनुका कार्की/ रन्जिता विश्वकर्मा सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।