गोकर्णेश्वरका २४ जना कोरोना जितेर फर्किए

गोकर्णेश्वरका २४ जना कोरोना जितेर फर्किए

कपन अनलाइन

काठमाडौं ,साउन ३२।गोकर्णेश्वर नगरपालिकाका २४ जना कोरोना जितेर फर्किएका छन। गोकर्णेश्वर नगरपालिकामा  २०७७ जेठ ६ गते देखि श्वावण ३१ गते सम्म कुल ३० जनालाई कोरोना संक्रमण देखिएको थियो ।

२०७७ जेठ ६ गते देखि श्वावण ३१ गते सम्म गोकर्णेश्वर नगरपालिकाको बिभिन्न वडामा  संक्रमित फेला परेका हुन् जसमा गोकर्णेश्वर नगरपालिका   वडा नं १ मा  – १ पुरुष, वडा नं  २ मा  – १ पुरुष,  त्यसै गरि  वडा नं  ४ मा – ३ पुरुष, वडा नं ५मा  – ५ पुरुष, वडा नं  ६ मा  – ८ पुरुष सहित २ महिला, वडानं ७ मा  – २ पुरुष सहित  ३ महिला,  वडा नं  ८मा  – ३ महिला र  वडा  नं ९ मा – २ महिला  गरि कुल ३० जनामा कोरोना संक्रमण भएको थियो । ३० जना  मध्ये २४ जना कोरोना जित्न सफल भएका छन् भने एक जनाको निधन भएको  नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ।

हाल गोकर्णेश्वर नगरपालिका भित्र ५ जना सक्रिय सक्रमित रहेको र उनीहरु उपचारको क्रममा रहेको पनि स्वास्थ्य शाखाले जानकारी गराएको छ ।  सक्रिय कोरोना  संक्रमितहरु गोकर्णेश्वर नगरपालिका   वडा नं ५ का  – १ पुरुष ,वडा नं  ६ का – १ पुरुष र  १ महिला ,वडा नं ८ का  – १ महिला र  वडानं  ९ कि  – १  महिला रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।