चम्पादेवी गाउँपालिका अध्यक्ष संग पुर्वसचिव भिम उपाध्यायले क्षमा मागे

चम्पादेवी गाउँपालिका अध्यक्ष संग पुर्वसचिव भिम उपाध्यायले क्षमा मागे

कपन अनलाइन

काठमाडौं ,साउन ३२।

पुर्व सचिव भिम उपाध्यायले ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी संग क्षेमा मागेका छन। आफ्नो सामाजिक संजाललाई सुचनापाटीका रुपमा प्रयोग गर्दै आएका पुर्व सचिव उपाध्यायले झुटो विवरण र सुचना पोस्ट गरेका थिए।उनले चम्पादेवी गाउँपालिकाका अध्यक्षले एक जना पिए र दुई जना ड्राइभर राखेको भनेर स्टाटस पोस्ट गरेका थिए।

हेर्नुहोस उपाध्यायको स्टाटस :

तर यस पटक भने उनि चिप्लिएका छन ।उनले फेसबुकमा  पोस्ट गरेको स्टाटसमा उल्लेख गरेको कुरा झुटो र आधारहीन रहेको भन्दै गाउँपालिका अध्यक्ष केसीले उनलाई जानकारी गराएपछी उनले स्टाटस हटाउदै अर्को पोस्ट गरेका छन।

हेर्नुहोस उपाध्यायको  स्टाटस :

उपाध्यायले विना पक्का श्रोत प्रेसित गरेको झुटो सुचना जानकारी हटाउदा समेत निकै ठुलो कृपा गरे झैँ गाउँपालिका अध्यक्षको आग्रह पश्चात हटाइदिएको छु भन्नु हास्यास्पद रहेको चम्पादेवीका एक जनप्रतिनिधिले प्रतिक्रिया दिएका छन।

जनताको प्रत्यक्ष जोडिएका स्थानीय तहका वारेमा सुचना वा कुनै टिप्पणी गर्दा एक पटक सरोकारवाला पक्षको पनि राय लिनुपर्ने भन्दै ति जनप्रतिनिधिले गलत सुचनाको पछी नलाग्न आग्रह गरेका छन ।फोटो साभार : सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।