लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न

कपन अनलाइन  

काठमाडौँ, श्रावण २। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न भएको छ। असार ३१ बुधबार कुशल पार्टी प्यालेस बौद्धमा लायन्सक्लब अफ काठमाडौं राइजिंग सनको आयोजनामा भएको उक्त कार्यकमको अध्यक्षता जोन चियर पर्सन डाल बहादुर अर्यालले गरेका थिए।

 कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटरलायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक  सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ , चिफ  डिस्ट्रिक एड भाइजर लायन उत्तर चापागाई,  माइ एल सी आइ चिफ लायन रमेश लामा  एडिसनल क्याबिनेट सेक्रेटरी लायन  मंदर शिखर बन्धोपाध्य,  जोन चियर पर्सन माधब कार्की, एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट,  जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडा, चिड गभर्नर्स एड लायन हरि दहाल चिफ इभेन्ट म्यानेजमेन्ट लायन जयराम बिष्ट ,  राइजिंग सन का  इमिडेट पास्ट प्रेसिडेन्ट लायन द्वारिका श्रेष्ठ,लगायत जोन २६ अन्तर्गत रहेका लायन्स क्लब अफ काठमाडौं राइजिंग सन, लायन्स क्लब अफ काठमाडौं पन्चशिल, लायन्स क्लब सुन्दरीजल, लायन्स क्लब अफ काठमाडौं  बुढानिलकण्ठ पिसेस, लायन्स क्लब बुढानिलकण्ठ पिपुल पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब सुन्दरीजलका प्रेसिडेन्ट लायन श्याम श्रेष्ठले  झण्डाको अभिवादन बाचन  गरेका थिए।कार्यक्रममा जोन चियर पर्सन लायन डाल बहादुर अर्यालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।कार्यक्रममा जोन २६ अन्तर्गत रहेका ५ वटा क्लबले लायन वर्ष २०१९/२०मा  बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२०/२१मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।

जसमा लायन्स क्लब अफ काठमाडौं पन्चशिलका प्रेसिडेन्ट लायन धर्म राज बिष्ट लायन्स क्लब अफ काठमाडौं राइजिंग सनका सचिब लायन उमेश ढुंगाना, लायन्स क्लब अफ काठमाडौं सुन्दरीजलका  प्रेसिडेन्ट लायन श्याम कृष्ण श्रेष्ठ,ले  बार्षिक कार्य योजना पेश गर्दै क्लबले गरेका कार्यक्रमको समिक्षा गरेका थिए । कार्यक्रममा क्लबले लायन्स वर्ष २०१९ /२० मा गरेका कार्यहरु र लायन वर्ष २०२०/२१का लागि गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरि गर्न सकिन्छ भनेर पनि छलफल गरेका थिए ।

कार्यक्रममा कार्यक्रममा लायन माधब कार्की जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडा,  चिफ इभेन्ट म्यानेजमेन्ट लायन जयराम बिष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङले आयोजकलाइ धन्यबाद दिदै दुःखमा परेका मानिसहरुलाई केहि सहयोग गर्न पाउदा हामी खुसी हुन्छौ र यस्ता खुसीहरुले हामीलाई आत्मसन्तुष्टि दिने बताए  । उनले क्लबलाइ धेरै भन्दा धेरै सेवाको कार्य गरि अघि बढ्दा सबैजना सफल हुने बताएका थिए। उनले पेश गरेका योजनाको कार्यन्वयन पक्ष महत्वपूर्ण भएको हुँदा त्यसमा ध्यान दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक गभर्नरको रुपमा बोल्दै लायन टंक बहादुर श्रेष्ठले लायन्स क्लब इन्टरनेसनल प्रेसिडेन्ट डा जोङ यूल चोय ले यस बर्षको नारा United  in Kindness  and Diversityतय गरेको जानकारी गराएका थिए उनले कोभिड १९  को माहामारीको कारण इन्टरनेसनल कन्भेन्सन  रद्द भएको कारण फर्स्ट भाइस प्रेसिडेन्ट लायन Haynes H . Townsend को असामयिक निधनका कारण  वर्ष २०२०/२०२१का पनि प्रेसिडेन्ट  भएका डा जोङ यूल चोयको अघिल्लो वर्षको नारा we serve through Diversity र लायन Haynes H . Townsend ले २०२०/२१को लागि कल्पना गरेको  नारा Kindness matters को संयोजनमा यस वर्षको इन्टरनेसनल प्रेसिडेन्ट को नारा United  in Kindness  and Diversity राखिएको जानकारी गराए।  उनले लायन्स क्लब अन्तर्राष्ट्रिय आगामी लायन वर्षका प्राथमिकता कार्यक्रमहरु निम्न रहेको जानकारी गराए ।

उनले बातावरण,हंगर रिलिफ, डायबेटिज, चाइल्डहुड क्यान्सर, भिजन, युथ सर्भिस, ह्युम्यानीटेरियन सर्भिस र  डीज्यास्टर रिलिफ, रहेको बताउदै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,ले  डिस्ट्रिक नाराको रुपमा TEAM रहेको जानकारी गराए उनले कुनै पनि कार्य सम्पादन सरल  सहज सुध्रिड  र प्रबुद्ध बनाउनको लागि कुनै एक ब्यक्ति बिशेष नभएर  सम्पूर्ण समुहको सहयोग र सामिप्यताको  आवश्यकता हुने बिश्वास गर्दै साथै  दुख पिडा  र अफ्ट्यारोहरु  पनि मित्रहरु बीच बाड्न पाएमा सहज हुने  अनुभबका कारण यस वर्षको  टिम राखिएको बताए ।

उनले TEAM को अर्थ बुझाउंदै

T बाट Tenacious  (दृढ)

E बाट Energetic (उर्जावान)

A बाट Adaptable (अनुकुलनीय)

M बाट Maturity ( परिपक्वता)  रहेको बताए।

उनले लायन वर्ष २०/२१मा सेवाको कार्य १५ लाख घण्टा गरि १७ लाखजना लाभान्वित हुने गरि कार्य गरिने बताए ।त्यस्तै टोटल MJF  टोटल हन्ड्रेड क्याम्पेनमा ५१जना पुर्याउने र NLF मा ३५ जना नया क्लब ३१ वटा र रक्त संकलन  १५ हजार पिन्ट , कपि कलेक्सन २ लाख४० हजार   र कपडा संकलन ५ हजार जनालाई पुग्ने गरि  पनि समेटिएको बताए।  त्यस्तै छाला बैंक को कार्य सहित     ट्रेनिङ लगायतको कार्य पनि योजनामा समेटिएको बताए ।उनले  आफ्नो कार्यकालमा थप सेवाको कार्य गर्दै टिमलाइ संगै लिएर अघि बढ्ने पनि बताए। उनले आफ्नो थिम नै टिम भएको हुँदा समूह गत रुपमा थुप्रै काम गर्न सकिने बताए।

 

उनले जुलाई १ बाट शुरु भएको लायन वर्ष २०२०/२१मा नै धेरै सामाजिक कार्य गरेकोमा सबैलाई धन्यबाद दिदै १५हजार पिन्ट रगत संकलनको योजना रहेको र त्यो पुरा गर्न सबै जना लाग्नु पर्ने बताए। उनले शुरुमा नै १६ सय पिन्ट रगत संकलन गर्न सकेको जानकारी गराउदै त्यो अभियान सफल हुने बिश्वास ब्यक्त गरे। उनले इन्टरनेसल गभर्नरको प्लान एक्सन र डिस्ट्रिकको  योजनालाई मुर्तरुप दिन सबै जना एक जुट भएर अघि बढ्नु पर्ने र त्यसमा सबैको साथ र सहयोग पाउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा लायन माधब कार्कीले अब्जरभेसन रिमर्क्स दिएका थिए।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं राइजिंग सनका लायन जयराम  बिष्टले धन्यवाद  ज्ञापन गरेका थिए ।

फोटो : सरोज बस्नेत

 

 

 

तपाइँको प्रतिक्रिया ।