बालउद्दार मावी बुढानिलकण्ठ -१० नेपाल सरकार द्वारा नमुना विद्यालयमा छनौट
कपन अनलाइन
काठमाडौं ,साउन २।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार मावी नमुना विद्यालयमा छनौट भएको छ। नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका १ सय विद्यालय नमुना विकासका लागि छनोट गर्ने क्रममा बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण शैक्षिक संस्था बालउद्दार मावीलाई छनौट गरेको हो।
नमुना विद्यालयमा आवासीय सुविधा, पुस्तकालय, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था, घेराबार तथा बगैंचा, प्रशासनिक भवन, शिक्षण भवन तथा कक्षाकोठा, प्राथमिक उपचार तथा परामर्श कक्ष, विद्यालय संग्रहालय, प्रयोगशाला, अडिटोरियम हल, चमेनागृह, खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा, व्यावसायिक कार्यशाला कक्ष आदिको प्रबन्ध हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।