मेलम्ची सुरुङको १७ नं गेट भत्किदा इन्जिनियर र चालक बेपत्ता

मेलम्ची सुरुङको १७ नं गेट भत्किदा इन्जिनियर र चालक बेपत्ता

कपन अनलाइन

काठमाडौं ,असार ३० /दिपक विक्रम देउजा

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका हुन्  ।

मंगलबार बिहान ११ बजे बजे सम्म निरन्तर  पानी सुरुङ भित्र गएको थियो भने   १२ बजे  एक्पाकासी नी भरिएको सुरुङ फुट्दा त्यहाँ कार्यरत  वर्ष २५  ईन्जिनियर सतिस गोहित र सबारी चालक ५५ वर्ष का राधाकृष्ण थापा मगर बेपत्ता भएका छन्न मेलम्ची खानेपानी ड्याम्म साईडमा कार्यरत कर्मचारी रविन्द्र देउजाले जानकारी दिएका छन।  

परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएका  ४ जनालाई पानीले बगाएको थियो ।उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ ।

सो १७ नं  को  गेट फुटे पछि आएको बाढिले बा १ झ ७८६४ नम्बरको हाईलाक्स समेत बगाएको छ । थप दुई जना घाइतेलाई लागि प्रथामिक स्वास्थ केन्द्र मेलम्ची मा सामन्य उपचार पछी थप उपचार को लागि श्री एयरलाइन्स मार्फ काठमाडौ लगिएको छ ।मेलम्ची खोलाको तटिय क्षेत्रमा बस्ने सम्पुर्ण लागि सजगता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ
तपाइँको प्रतिक्रिया ।