सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा रास्ट्रिय युवा संघ नेपाल 

सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा रास्ट्रिय युवा संघ नेपाल 

कपन अनलाइन 

सिन्धुपाल्चोक ,असार ३०।

रास्ट्रिय युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरु  सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं. ८ र ५ को संगमस्थल जम्बुमा असार २५ गते राती गएको बाढी तथा पहिरोका कारण समस्यमा परेका जनताको माझमा राहत बोकेर पुगेका छन ।

सोमवार संघका नेता किरण पौडेलको नेतृत्वमा रमेश आचार्य, क्षितीज थेवे, असोक चौलागाई, रामजी सापकोटा, महेश चौलागाई, नानीराम तिवारी लगायतका  नेता तथा कार्यकर्ताहरु सहितको टोली राहत बोकेर पिडित परिवारको पिडामा मलम लगाउन बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो।

रास्ट्रिय युवा संघ  एक सय पाँच वोरा चामल तथा विभिन्न स्वास्थ्य सामाग्रीहरु समेत उक्त स्थानका पिडितहरुलाई गाउँ पालिका मार्फत पिडितहरुलाई हस्तान्तरण गरिएको थियो।

उक्त राहत सामाग्री नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनलाई हस्तान्तरण गरिएको उक्त अवसरमा  संघका दर्जनौं नेता तथा कार्यकर्ताहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।