सक्कली अयोध्या नेपालमा

सक्कली अयोध्या नेपालमा

कपन अनलाइन 

काठमाडौं ,असार ३० /अर्जुन पाण्डे

यसपालि भानु जयन्ती यस मानेमा विशेष हुन पुग्यो कि हराएको नेपालको पौराणिक भूमि अयोध्या नेपालमा भेटियो । प्रम केपि ओलीले घोषणा गरिदिए : रामायण बर्णित दशरथका राज्य अयोध्या नेपालमै छ ।

हाल सम्म जुन अयोध्या भारतमा छ भनिन्थ्यो त्यो त नकली अयोध्या पो हो । सकली अयोध्या त नेपालको हो । यो उदघोष सुनेर नेपालका केही विद्धान एक्कासी कौशीबाट आँगनमा खसे झैं भएका छन् भने कोहिलाइ भन्भनी रिंगटा चल्न थालेको छ । भारतीय गुरुका इतिहास पढेर विद्धान भएकाहरुलाइ त्यो रिंगटाले भोमिट नै हुन थालेको छ । उता भारतीय मेडीयाको रुवाबासी र विलाप सुनि साध्य छैन । क्याबात प्रम ओली । एउटा बाक्यले यति ठूलो तरंग…. ।

यता यो नेपालको निम्ति भने यो सुखद खवर हो साथै चुनौति पनि त्यत्तीकै छ । एउटा राज्यको प्रमुख अंग प्रमले कुनै पनि कुरा लहडमा बोल्नुहुन्न । रमाइलो वा वाह वाही मा बहकिनु हुन्न र बहकिएको पनि होइन । वहाँको उपरोक्त कथनमा कुनै सत्यता हुँदै नभएको होइन तर यस्तो तथ्य राज्यको प्रमुख अंगले बोलिसकेपछि त्यसलइ एउटा तार्किक निकर्षमा पुर्याउनु पर्ने त छँदैछ थप अध्ययन अनुसन्धान गर्ने र प्रामाणिकता पुष्टि गर्ने काममा लाग्नु पर्दछ ।

यो बर्षातको मौसमलाइ किशानहरुले खेतिपातीमा उपयोग गरेर्झैं अवस्था हो । देशका संपूर्ण पक्षले साथ सहयोग र सोहि अनुरुपको कार्य योजना बनाएर लाग्ने हो भने सुन्दर नेपाल झन सुन्दर हुन बेर लाग्दैन । आहा…, नेपाल कै अयोध्या, नेपालकै राम लक्ष्मण, नेपाल कै जनकपुर, नेपालकै सीता ।
हीनता बोध गर्नु पर्ने छँदै छैन । सक्नेले ठोक्ने हो । जो जिता वही सिकन्दर । जसले सक्छ, इतिहास उसैको लेखिने हो । यही सुत्र अपनाएर भारतले नक्कली लुम्विनी बनाएको छ । विश्वलाइ ढाँटेको छ । हामीलाइ ढाँट्नु छैन आफ्नो तथ्यको प्रमाणिकता खोज्नु हो । भारतलाइ इतिहास काल देखि विविध विस्तारबादी भनीयो । भनेर मात्र हुने क्यै छैन ।

राजनैतिक, आर्थिक मात्र होइन साँस्कृतिक अतिक्रमण समेत सहेर बसेका नेपालीले अब साँस्कृतिक जागरण ल्याउनु पर्छ । अब कामैले जवाफ दिनु पर्छ । के के गर्ने ?
१. अयोध्या विकास प्रधिकरण :

प्रधानमन्त्रीले बोलेको तथ्यलाइ प्रमाणित गर्ने काम देशका विद्धानहरुको हो । बातावरण बनाउने र सुरुआत गर्ने काम सरकारको हो ।

अब संस्कृति पर्यटन मन्त्रालयको पहलमा तत्काल अयोध्या विकास प्रधिकरण गठन गरिनु पर्दछ । अयोध्या, बाल्मिकी आश्रम, लव कुश जन्मस्थान, ब्रतवन्ध स्थान आदिको बारेमा अध्ययन अनुसन्धान गर्नुपर्दछ । पौराणिक ग्रन्थहरुको अध्ययन गरि त्यसबेलाको शहर, राजदरबार आदि कस्ता थिए तिनको हुवहू बास्तु अनुसार गुरु योजना, नक्सा तैयार गरेर निर्माण कार्य अघि बढाउनु पर्दछ ।
२. नागरिक अगुवा समिति:

सँधै अरुलाइ गाली गरेर मात्र हामी अगाडी बढ्दैनौं । सरकारले गर्ने कामको अलावा नागरिक स्तरमा समेत काम अघि बढाउनु पर्दछ । जुन ठाउँलाइ अयोध्या भनिएको छ त्यो ठाउँमा एउटा माटोको ढिस्को पनि देखाउन नसक्ने छुट अब हामीलाइ छैन ।

कुनै न कुनै प्रारंभिक संरचान त्यहाँ हुनै पर्दछ जसले एउटा विश्वास स्थापित गर्न सकोस् किनकी यो एक विश्वासको लडाइँ पनि हो । जति धेरै मानिसले कुनै कुरालाइ विश्वास गर्दछन् त्यति नै त्यसको अस्तित्व बलियो हुन्छ । तसर्थ त्यहाँको स्थानिय सरकारले केही न केही संरचना बनाऔं । नभए खास तार बार भनेपनि गरौं ।
३. विवाह पंचमि र अन्य साँस्कृतिक पर्व :

अब कम्तिमा पनि हाम्रो अयोध्यामा एउटा राम मन्दिर हुनु जरुरी छ जसले राम नवमी देखि अन्य साँस्कृतिक पर्वहरु संचालन गरोस् । हरेक बर्ष हिउँदमा हुने विवाह पंचमिमा नकली अयोध्याबाट हज्जारौं भारतीयहरु जन्ती आउने गरेका छन् । अब यस्तो जन्ती हाम्रो अयोध्याबाट पनि लैजनु जरुरी छ । यस बर्ष विवाह पंचमी आगामी पौष ४ गते परेको छ ।

त्यस दिन धेरै भन्दा धेरै नेपाली भक्तजनहरुले बाजा गाजा र दुलाहा सहितको धुमधामको जन्ती जनकपुर लैजानु पर्दछ । नकली अयोध्याबाट पनि सदा झैं जन्ती त आउने नै भए । हामी सकली अयोध्याका सकली रामलाइ दुलाहा बनाएर लिएर किन नजाने ? एउटा सीता लिन दुइ तिरका जन्ती जाँदा अ.एउटा अनौठो घटना हुनेछ । राष्टिय मात्र होइन अन्तराष्टिय विवाद र बहस हुनेछ । धेरै ठाउँमा छलफल हुनेछ र एउटा निकास निस्कनेछ । यसले नेपालको अयोध्यालाइ थप प्रचार गर्नेछ र थप स्थापित हुनेछ ।

वास्तवमा भारतसंग लड्ने भनेको यस्तै गरि हो । प्रधान मन्त्रीको एउटा बोलीले रुवाबासी गर्ने भारतीय मेडीया हाम्रो सीता हामी ल्याउँछौं भनी जन्ती लैजाँदा के मात्र गर्ने होलान ? तसर्थ तमाम नेपाली दाजुभाइ दिदी बहीनीहरु, नेपालको सक्कली अयोध्यालाइ विश्वमा स्थापित गराउन आआफ्नो ठाउँबाट योगदान गरौं ।

यस पुनित कार्यले नेपालमा धार्मिक साँस्कृतिक पर्यटन विकासको नयाँ आयाम थपिनेछ । पवित्र भूमि नेपालको छवी विश्व रंगमंचमा उच्च हुनेछ ।

तपाइँको प्रतिक्रिया ।