दक्षिणकाली नगरपालिकाको सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धि सार्वजनिक सुचना

दक्षिणकाली नगरपालिकाको सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं असार २६। दक्षिणकाली नगरपालिकाले  आगामी आर्थिक वर्ष २०७७ ७८ को लागि सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीहरुले नबिकरण  गराउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । उक्त सुचनामा भनिएको छ ,दक्षिणकाली नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सबै लाभ ग्राहीहरुले हाल सामाजिक सुरक्षा नियमावली २०७६ लागु भई सके पछि नियमावली को नियम ९ अनुरुप प्रत्येक आर्थिक वर्षको श्रावण मसान्त भित्र नवीकरण गर्नु पर्ने व्यवस्था रहेकोमा श्रावण मसान्त भित्र आ आफ्नो  वडा कार्यलयमा गइ नवीकरणका लागि निवेदन  पेश गर्नुहुन समेत अनुरोध गरिएको छ।

अन्यथा नवीकरण नगरेमा सामाजिक सुरक्षा नियमावलीको नियम १३को उपनियम ६ बमोजिम नवीकरण नगर्ने लाभग्राहीले आगामी आर्थीक वर्ष २०७७/७८ मा सामाजिक सुरक्षा  भत्ता पाउने ब्यक्तिको नाम अभिलेख बाट हटाउनु पर्नेछ भनि उल्लेख भएको हुँदा मिति २०७७ श्रावण मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा गइ आफ्नो नाम नवीकरण गर्नको लागि सम्बन्धित सबैको जानकारीको लागि सार्वजनिक सुचना जारि गरिएको भनिएको छ ।

तपाइँको प्रतिक्रिया ।