सरकारको निर्देशन विपरित अभिवावक संग पैसा असुल्दै रिलायन्स पब्लिक स्कुल ,बुढानिलकण्ठ -१०

सरकारको निर्देशन विपरित अभिवावक संग पैसा असुल्दै रिलायन्स पब्लिक स्कुल ,बुढानिलकण्ठ -१०

कपन अनलाइन

काठमाडौं ,असार २६।

रिलायन्स पब्लिक स्कुल ,बुढानिलकण्ठ -१० ले नेपाल सरकारको निर्देशन विपरित लक डाउनको अवधिको फिस र अन्य शुल्क बुझाउन अभिभावकहरुलाई दवाव दिएको छ।

असार २५ गते अभिभावक संग भर्चुअल बैठक राखेर सो विद्यालयले बैंकको ब्याज,तिर्न ,शिक्षक शिक्षिका तथा कर्मचारीलाई तलव खुवाउन भन्दै पैसा तिर्नका लागि दवाव मुलक तरिकाले प्रस्तुत भएको एक अभिभावकले बताएका छन।

सो विद्यालयका प्रधानाध्यापकले जुम बैठक मार्फत कक्षागत रुपमा अभिभावकहरुको बैठक गरेर विद्यालयले अनलाइन कक्षा संचालन गरिरहेको भन्दै जसरि पनि शुल्क बैंकमा जम्मा गर्नुपर्ने भन्दै दवाव दिएको ति अभिभावकको गुनासो रहेको छ।

सो बैठकमा अभिभावकले विषम परिस्थितिमा विद्यालयको तर्फ बाट केहि सहुलियत हुने आशा गरेकोमा दवावमुलक ढंगले शुल्क माग्दा समस्यमा परेको बताएका छन।

सो बैठकमा अभिभावकहरु त्यो बेला अचम्ममा परेका थिए जतिवेला विद्यालयका प्रधानाध्यापकले चैत देखिको शुल्क मागेका थिए। नेपाल सरकारले अनलाइन कक्षाको कुनै पनि शुल्क नलिन गरेको निर्देशनलाई लत्याउदै अनलाइन कक्षाको हवाला दिदै शुल्क मागे पछि सो विद्यालयका अभिभावकहरु आक्रोसित बनेका छन।

 

तपाइँको प्रतिक्रिया ।