कोरोना महामारीको समयमा युथ कांग्रेस नेपालले किताव अभियान संचालन गर्ने

कोरोना महामारीको समयमा युथ कांग्रेस नेपालले किताव अभियान संचालन गर्ने

कपन अनलाइन

काठमाडौं असार २६ लोकतन्त्रमा विश्वास गर्ने स्वतन्त्र युवाहरूको समुह युथ काङ्ग्रेस नेपालले कोरोना महामारीको समयमा किताव अभियान सुरू गरेको छ । बन्दाबन्दीको कारणले हाल विश्वव्यापी रुपमा नै शैक्षीक क्षेत्रलाई असर पारेको छ |कोरोना महामारिले विश्व भरीका शैक्षिक संस्थाहरु हाल बन्दकै अवस्थामा छन् र विद्यार्थीहरूको दैनिक पठनपाठन र शैक्षीक तालिका अबरुद्ध भएको छ।

युनेस्को को तथ्याङ्क अनुसार राष्ट्रव्यापी शैक्षी संस्थाहरू बन्दका कारणले विश्वका कुल विद्यार्थी संख्याको ७०% विद्यार्थीहरू प्रभावित भएका छन् | नेपाल पनि यस महामारिबाट अछुतो छैन। देशका लाखौ विद्यार्थीहरू अहिले धरमा नै छन् र अन्योलमा छन् । सरोकार निकाय वालाहरू पनि अन्योलमा रहेको अवस्थामा अब के हुन्छ भन्ने कुराको कुनै जानकारी छैन | नेपालमा इन्टरनेटमा पहुच पुगेको जनसँख्या ७०% भएको भनिएता पनि मात्र १७% सँग मात्र बोर्डव्यान्डको सुविधा छ |

अहिले कोरोना कहरकै बिच कुरा गर्ने हो भने प्राय निजि बिध्यालयका बिध्यार्थीहरु अनलाइन क्लासका माध्यमबाटै आफ्नो सिकाइलाई अगाडि बढाईरहेका छन्  तर सामुदायिक बिध्यालयका बिध्यार्थीहरुको हकमा भने अनलाइन क्लासको लागि आवश्यक स्रोत साधन नपुग्ने भन्दै स्थित अन्योलमा नै छ। यस अवस्थामा सार्वजनीक विद्यालयमा पढ्ने विद्यार्थीहरूको हातमा केही न केही पढ्ने पुस्तक र स्टेशनरी पुर्याउने उद्देश्यले अभियान संचालन गरेको अभियानको संयोजक  सन्तोष के.सीले जानकारी गराए ।

निजी विद्यालयमा पढ्ने बिद्यार्थीहरू इन्टरनेटको माध्यमबाट पनि आवश्यक पढ्न सक्छन् तर सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थिहरूमा यो संभव छैन । विद्यालय बन्द रहेको समयमा विद्यार्थीहरूलाई कोर्स बुक मात्र पढ्न पर्ने  बाध्यता छ। कति विद्यार्थिहरूले त शिक्षक\शिक्षिकाको सहयोह बिना पढ्न पनि सक्दैनन् । यस्तो अबस्थामा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको हातमा कला,साहित्य,फिक्सन,अध्यात्म जस्ता थुप्रै किसिमको पुस्तक पुर्याउन सकेमा उनिहरूमा पढ्ने रूचि बढ्ने छ र यसले शिकाइ र बूझाइको तरिकामा नया आयम ल्याउन सक्ने हुँदा  सो अभियान संचालन गरिएको उनले बताए।

पुस्तक दिन चाहने दाताहरूले ९८४३२८१६५५मा सम्पर्क गर्न वा युथ काङ्ग्रेको इमेल [email protected] मा इमेल गरेर आफुले  दिन चाहेको पुस्तक ,स्टेशनरीको विवरण सहित आफ्नो नाम र ठेगाना टिपाएमा युथ काङ्ग्रेसबाट प्रतिनिधि आएर उक्त पुस्तक/स्टेशनरी लिन घरमै लिन आउने जानकारी गराए  ।

कसैले आर्थिक सहयोग गर्न चाहेमा मानव स्वास्थको नबिल बैकमा रहेको खाता नं००३१०१७५०१२४९ मा पनि रकम  सहयोग गर्न  सकिने बताउदै  प्राप्त पुस्तक स्टेशनरीको सामान र आर्थिक सहयोगबाट प्राप्त रकमले थप पुस्तक स्टेशनरी खरदि गरेर सार्वजनीक विद्यालयमा पढ्ने विद्यार्थिको हात-हातमा पुर्याउने  लक्ष्य लिएको कार्यक्रम संयोजक सन्तोष केसीले बताए  ।

तपाइँको प्रतिक्रिया ।