लकडाउनबाट प्रभावित परीक्षा बारे निर्णय गर्दै त्रिभुवन विश्वविद्यालय

लकडाउनबाट प्रभावित परीक्षा बारे निर्णय गर्दै त्रिभुवन विश्वविद्यालय

कपन अनलाइन 

काठमाडौं ,असार २३ ।

त्रिभुवन विश्व विद्यालयले लकडाउनका कारण रोकिएको परीक्षा छिट्टै सञ्चालन गर्ने भएको छ । त्रिविले त्यबारे दुई साताभित्रै निर्णय गर्ने जनाएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे दुई साताभित्र निर्णय हुने जानकारी दिएका हुन्  ‌। परीक्षा सञ्चालन सम्बन्धी गठित समितिले अहिले छलफल गरिरहेको र अबको दुई हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने भन्ने विषयमा निर्णय हुने उनले बताए  ।

अनलाइनबाट परीक्षा गराउने भनेर गरिएको हल्ला भने निराधार रहेको जोशीको भनाइ छ । यस विषयमा अहिलेसम्म त्रिविले केही निर्णय नगरेको जोशीले स्पष्ट पार्नुभएको छ । अनलाइनबाटै गर्नुपर्ने अवस्था आएपनि त्रिविले अग्रिम सूचना जारी गर्ने उहाँले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।