मेलम्चीमा विना सुचना पानी परिक्षण गरिएको भन्दै स्थानीय तहको आक्रोस ,आन्दोलन गर्ने चेतावनी

मेलम्चीमा विना सुचना पानी परिक्षण गरिएको भन्दै स्थानीय तहको आक्रोस ,आन्दोलन गर्ने चेतावनी

कपन अनलाइन 

सिन्धुपाल्चोक ,असार २३/दिपक विक्रम देउजा 

स्थानीय सरकारलाई कुनै जानकारी बिना मेलम्ची खानेपानी आयोजनाको पानी परिक्षण गरिएकोमा सिन्धुपाल्चोकका स्थानीय तह आक्रोसित बनेका छन।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले पानी सुरुमा हालेपछि सिन्धुपाल्चोकका स्थानीय तह ,जिल्ला समन्वय समिति र माननीयहरु तथा स्थानीय सरोकार समुहलाई कुनै सुचना विनानै प्रमुख जिल्ला अधिकारी ले स्विच थिचेर उदघाटन गरे संगै उनीहरुले यस प्रति आपत्ति प्रकट गरेका हुन।

सोमबार मेलम्चीमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको उपस्थितिमा मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याल,हेल्मे सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ ,उपाध्यक्ष रिचन तामाङ ,होलम्बु सरोकार समुहका  अध्यक्ष भालु शेर्पा ,इन्द्रावती  सरोकार समुहका अध्यक्ष विष्णु आचार्य  र  स्थानीय सामान सप्लायर्यको उपस्थितिमा पत्रकार सम्मेलन गरि उक्त कार्य प्रति खेद प्रकट गरेका थिए।
स्थानीयको माग पूरा नगरी पेलेर जाने अवस्था सृजना भए यसको मुल्य महँगो पर्ने  जिसस प्रमुख कृष्ण गोपाल तामाङले पत्रकार सम्मेलन मार्फत चेतावनी दिएका छन भने  कुनै सल्लाह विना सुरुमा पानी हालेको विषयमा स्थानीय सरकार र  स्थानीय बासिन्दालाई हेपेको अनुभव गरेको  र स्थानीयको माग सम्बोधन नभए आन्दोलन गर्ने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले  बताएका थिए।  
त्यस्तै स्थानीयहरुलाई  उपेक्षा गरेको देखेर निकै दुख लागेको  स्थानीय सरोकार समुह अध्यक्ष उपेन्द्र तामाङले बताएका छन भने सोमबार नै मेलम्ची खानेपानीको मुहान रहेको हेलम्बु  गाउँपालिकाले समेत  उपेक्षा गरिएको  भन्दै प्रेस विज्ञप्ति मार्फत दुख व्यक्त गरेको छ। 
तपाइँको प्रतिक्रिया ।