कागेश्वरी मनोहरा नगरपालिकामा साँस्कृतिक मंच गठन

कागेश्वरी मनोहरा नगरपालिकामा साँस्कृतिक मंच गठन

 

कपन अनलाइन

काठमाडौं असार २३। कागेश्वरी मनोहरा नगरपालिकामा साँस्कृतिक मंच गठन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रम मार्फत १३ सदस्यीय नगर सांस्कृतिक मन्च गठन गरिएको हो । नगरपालिका भित्र बसोवास गर्ने बिभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको अगुवाइमा साँस्कृतिक मंच गठन गरिएको बताइएको छ ।

 कागेश्वरी मनोहरामा सँस्कृतिको जगेर्ना गर्दै  बिभिन्न साँस्कृतिक कार्यक्रम मार्फत सामाजिक सेवामा प्रतिबद्ध रही नगर बिकाश अभियानमा सहयोग गर्ने उदेश्यले कागेश्वरी मनोहरा साँस्कृतिक मंच गठन गरिएको हो । सो भेलाले निम्न अनुसारको १३ सदस्य नगर सास्कृतिक मञ्च गठन गरेको छ ।

जसमा

१.सी.पी.पुडासैनी ( अध्यक्ष )
२. रामचन्द्र अधिकारी ( उपाध्यक्ष )
३.उपमा रायमाझी ( सचिब )
४.मणिराज काफ्ले ( कोषाध्यक्ष )
५.सनिल कुईकेल ” उदास ” ( सदस्य )
६. बद्री पुडासैनी ( सदस्य )
७.कालुराम थापा ( सदस्य )
८.प्रिति भट्टराई ( सदस्य )
९. पार्वती कार्की ( सदस्य )
१०. प्रेम पाण्डे ( सदस्य )
११.राजेन्द्र श्रेष्ठ ( सदस्य )
१२. बिक्रम नगरकोटी ( सदस्य )
१३. पुस्कर प्याकुरेल ( सदस्य )

नगर क्षेत्र भित्रका अभिनय,गायन संगीत,नृत्य र साहित्यमा क्रियाशिलहरुको पहिचान गरी यस्लाई प्रत्येक वडास्तरसम्म पुर्याइने सो मञ्चका अध्यक्ष सीपी पुडासैनीले सुनाए । यस्तै कलाकर्मी र संष्कृतिकर्मीहरुको वृत्ति विकासको लागि समेत मञ्चले काम गर्नेछ । मञ्चले कागेश्वरी मनोहरा क्षेत्रमा बहुआयमिक वा बहुसांष्कृतिक भवन निर्माण गर्ने योजना अघि सारेको छ ।

कार्यक्रममा  नगरपालिका प्रमुख कृष्णहरि थापाले नव गठित साँस्कृतिक मंच संग सहकार्य गरि नगरभित्रका कला , संस्कृति लाई बृद्धि बिकाश गर्दे अघि बढ्ने बताए ।उनले सो मंचले कागेश्वरी मनोहरा नगरपालिकाको संस्कृतिको जगेर्ना गर्दै नगर विकास अभियानमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे ।

तपाइँको प्रतिक्रिया ।