साइप्रस पब्लिक स्कुल गणितमा उत्कृष्ट

साइप्रस पब्लिक स्कुल गणितमा उत्कृष्ट

कपन अनलाइन

काठमाण्डौ, फागुन ३०/आयाम कक्षपती
एडभान्स्ड चामुण्डा इन्स्टिच्युट जोरपाटीद्धारा सञ्चालित वर्ष २०८० कोMathematics Exam Season-16 परीक्षामा साइप्रस पव्लिक स्कुलका ७ जना विद्यार्थीहरुTOP TEN मा पर्न सफल भएका छन् ।

काठमाडौंको उत्तर पूर्व क्षेत्रका ७३ वटा विद्यालयका करिव  ५ हजार  विद्यार्थी सम्मिलित उक्त परीक्षामा साइप्रस पव्लिक स्कुल निलोपुल सुकेधाराका श्रवण खनाल प्रथम स्थान, सुभम श्रेष्ठ द्धितीय स्थान, गरिमा राई तृतीय स्थान, शेखर पहाडी पाँचौ स्थान,सुस्मिता भुजेल सातौं स्थान, तथा आठौं स्थानमा आशिष उपाध्याय र पासाङ्ग ग्याल्जेन शेर्र्पा संयुक्त रुपमा गरी ७ जना उत्कृष्ठ दश भित्र पर्न सफल भएका छन् ।
२०८०/११/२६ गते काठमाडौं क्षेत्र नंं २ का सभासद् माननीय सन्तोष चालिसेको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण समारोह साइप्रसमय भएको तथा उपस्थित सवैको ध्यानाकर्षणको केन्द्रविन्दु साइप्रस स्कुल वनेको थियो भने सवै वक्ताहरुले यो उत्कृष्ट नतिजा तथा गुणस्तरीय शिक्षा दिन सफल विद्यालयको मुक्तकण्ठले प्रशंसा गरेका थिए  ।

(आयाम कक्षपती साइप्रस पव्लिक स्कुलमा अध्ययनरत कपन अनलाइनका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।