काठमाण्डौमा प्रधानाध्यापक परिवर्तन गर्ने सुचनाले अन्य पालिका दवावमा,के तयारी गर्दैछ बुढानिलकण्ठ ?

काठमाण्डौमा प्रधानाध्यापक परिवर्तन गर्ने सुचनाले अन्य पालिका दवावमा,के तयारी गर्दैछ बुढानिलकण्ठ ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३ ।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयहरूमा रिक्त रहेका तथा पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका विद्यालयका प्रधानाध्यापक पदमा पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक स्थायी शिक्षकहरूबाट दरखास्त आह्वान गरेको छ।

काठमाण्डौ महानगरपालिकाको यो सुचना संगै काठमाण्डौ जिल्लाका अन्य स्थानीय तहहरुलाई पनि लामो समय देखि कानुनी प्रावधान र योग्यता नपुग्दा पनि प्रधानाध्यापकका रुपमा काम गरिरहेकाहरुलाई प्रतिस्थापन गरेर नयाँ नियुक्ति गर्न दवाव परेको छ।

काठमाण्डौ जिल्लाका धेरै सामुदायिक विद्यालयहरुमा योग्यता र कानुनी आधार नपुग्दा पनि कार्यरत रहेका प्रधानाध्यापकहरु कार्यरत रहेकोमा केहि पालिकाहरुले नियम संगत नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाउदा अदालतका कारण रोकिएका थिए।

यसै क्रममा बुढानिलकण्ठ नगरपालिकाले पनि २०८० शालमा नै प्रधानाध्यापक नियुक्त गर्नका लागि परिक्षाको प्रक्रिया पुरा गरेर अगाडी बढेको अवस्थामा सर्वोच्च अदालतले सो प्रक्रिया रोकेको थियो।

नगरपालिकाका अधिकांस विद्यालयमा ऐन र कानुन विपरित प्रधानाध्यापक नियुक्त भएको भन्दै सो पहल थालेको बुढानिलकण्ठ नगरपालिकाले अदालतको आदेश पश्चात प्रक्रिया रोकेको थियो।

अहिले काठमाण्डौ महानगरपालिकाले सो प्रक्रिया थालनी गरे संगै बुढानिलकण्ठमा पनि शिक्षा ऐन र कानुन बमोजिम प्रधानाध्यापक नियुक्त गर्ने तयारी शुरु गरिएको श्रोतले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाले नियम संगत रहेका र नियम संग मेल नखाने प्रधानाध्यापकहरुको अभिलेख तयार पारेको र चाडै संसोधित ऐन अनुसार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरु गर्ने श्रोतको दावी रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।