गोकर्णेश्वर नगरपालिकामा असार २२ र २३ गते भिटामिन ए र जुकाको औषधी खुवाइने

गोकर्णेश्वर नगरपालिकामा असार २२ र २३ गते भिटामिन ए र जुकाको औषधी खुवाइने

कपन अनलाइन

काठमाण्डौ असार २१ ।कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन  हुने  भएको छ। यही असार २२ र २३  गते सो कार्यक्रम पुनः सञ्चालन हुने भएको छ ।कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि पनि खुवाउने गरिन्छ ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।  त्यसै क्रममा गोकर्णेश्वर नगरपालिकाको जोरपाटि स्वास्थ्य चौकीले आफ्नो कार्य क्षेत्रका  निम्न केन्द्रहरु बाट ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ।

 कोरोना  भाइरसको महामारीलाइ मध्यनजर गर्दै समयको पालना तथा अभिभावकले मास्क र सामाजिक दुरी सहित आफ्ना बालबालिकालाइ केन्द्रमा लैजानको लागि जोरपाटी  स्वास्थ्य  चौकी प्रमुख ललिता लामाले अनुरोध गरेकी छिन। उनले बिहान १० बजे देखि ४ बजे सम्म निम्न केन्द्रमा भिटामिन ए र जुकाको औषधि खुवाइने पनि जानकारी गराइन ।

 गोकर्णेश्वर नगरपालिका वडा नं ५ को लागि गोकर्णेश्वर नगरपालिका वडा नं ५ को वडा कार्यलय, शंकरापुर अस्पताल, र अर्थोपेडिक अस्पतालमा केन्द्र राखिएको छ।त्यस्तै वडा नं ६ को लागि नयाँबस्ति युवा क्लब, र सर्वेश्वर मन्दिरमा केन्द्र राखिएको  त्यसै गरि वडा नं ७को लागि ग्रामिण स्वास्थ्य केन्द्र (दक्षिण ढोका)

वडा नं ८ को लागि मेडिकल कलेज, कृष्ण मन्दिर, र गोकर्णेश्वर नगरपालिका छहारी युवा क्लबमा केन्द्र राखिएको छ ।वडा नं ९ को लागि रक्तकाली युवा क्लब र जोरपाटी स्वास्थ्य चौकी कायम गरिएको पनि उनले जानकारी गराइन।   ६ महिनादेखि ५वर्ष सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ।

तपाइँको प्रतिक्रिया ।