सरकारले खुला गर्न अनुमति दिए चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोलिने

सरकारले खुला गर्न अनुमति दिए चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोलिने

कपन अनलाइन 

काठमाडौं, असार २१ । कोभिड १९ कोरोना भाईरसका कारण बन्द रहेको चन्द्रागिरि हिल्स सञ्चालन गर्न तयार रहेको सञ्चालकहरुले बताएका छन् । नेपालकै आर्कषक पर्यटकीय क्षेत्र चन्द्रागिरी सञ्चालनमा ल्याउन आफुहरु तयार रहेको बताएका हुन् । चन्द्रागिरी हिल्सका सञ्चालक हेमराज ढकालले पर्यटकीय केन्द्र कोरोना भाईरसका त्राससँगै बन्द अवस्थामा रहेको चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयार रहेको बताए ।

उनले अब खुला गर्दा आन्तरिक पर्यटकलाई विशेष सहुलियतको प्याकेज दिने तयारी भइरहेको समेत जानकारी दिए । चन्द्रागिरी हिल्सकाका महाप्रर्वन्धक अभिषेक विक्रम शाहाले सरकारले खुला गर्न अनुमति दिए तत्कालै खुलाउन सकिने गरी,विश्व स्वास्थ्य संगठनको मापढण्डअरुसार खोल्नेलाई सवै कार्य तयारी भईसेको बताए ।

महाप्रर्वधक शाहाले भने, हामी पुन रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दे ‘सरकारले खोल भनेसँगै हामी तयारी अवस्थामा छौं ।

फोटो :रोशन दानी

तपाइँको प्रतिक्रिया ।