नयाँ बसपार्कमा एकै ठाउँमा १२ वटा माइक्रोबसमा आगलागी

नयाँ बसपार्कमा एकै ठाउँमा १२ वटा माइक्रोबसमा आगलागी

कपन अनलाइन

काठमाडौं, असार २१ । काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ ।   आइतबार बिहान  एकै ठाउँमा रोकेर राखेको १२ वटा माइक्रोबसमा आगलागी भएको प्रहरीले पुष्टि गरेको छ ।

नयाँ बसपार्क क्षेत्रमा रहेको ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा माइक्रोबस पूर्ण रुपमा जलेको र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले बताएको छ । आगलागीको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ । यस्तै  बा २ क २०८०, बा १ ज ९६०६, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

तपाइँको प्रतिक्रिया ।