कोरोना भाईरस (कोविड १९ ) ले सिकाएको पाठ ! (संस्मरण )

कोरोना भाईरस (कोविड १९ ) ले सिकाएको पाठ ! (संस्मरण )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २५ /गङ्गा कर्माचार्य पौडेल

 कोरोना भाईरस कोभिड १९ के हो  ? 

कोरोना भाईरस मान्छेबाट मान्छेमा सर्ने एक प्रकारको भाईरस(रोग) हो । यो भाईरसलाई कोभिड १९ नामदिईएकोछ । यो भाईरस सबैभन्दा पहिला इंसं २०१९ दिसेम्बर ३१ का दिन चीनको हुवई प्रान्त स्थित बुहान सहरको मान्छेमा एक प्रकारको सार्स जस्तो निमोनियाको रुपमा देखा परेको थियो ।

यो भाईरसका कारण बुहानमा दिनहुँ मान्छे मर्न थाले पछि चीन सरकारले जनबरी २३ मा बुहान सहरलाई लक डाउन गरेको थियो । त्यसपछि पुरै चीन भरि हल्लीखल्ली मच्चीयो ।
पछि अरू प्रान्तहरूमा पनि भाईरस फैलिन नपाअ‍ोस् भनि “लकडाउन” गरिएको थियो । लकडाउनमा मान्छेहरू घुमफिर मात्र होइन घरबाटै बाहिर निस्कन पाईदैन ।

यदी घरबाट बाहिर नगई नहुने काम परेमा मुखमा माक्स लाउनु अनिवार्य हुन्छ ।बाहिर गएर आएपछि लुगा फेर्ने ,नुहाउने साबुनपानीले मिचिमिचि हातधुने गर्नु पर्दछ । कोभिड १९को औषधि पत्ता लागि नसकेको अवस्थामा एक अर्व चालिस करोड जनसंख्या भएको चीनमा एकाएक नागरिकको स्वाश्थ्य परिक्षणमा राज्य प्रणालीका मानिसलाई प्रत्यक्ष जोड्नु चानचुने कसरत थिएन । ता पनि चीनले संक्रमितको  पहिचान गरि निशुल्क उपचार समेत गर्यो।

सिमाना जोडिएका देशका चीन तर्फको हरेक नाकामा चेक प्वाइन्ट प्रणाली खडा गर्दै जाच  पनि सुरु गरको थियो । त्यसले गर्दा तीन महिनामै चीनले कोरोना भाईरसलाई धपाउन सफल भयो ।
चीन पछि कोभिड १९ले इटालीमा साम्राज्य खडा गर्यो  । त्यहाँबाट स्पेन,अमेरिका, फ्रान्स,बेलायत,इरान,नेदरल्याण्ड,जर्मनी बेल्जीयम,स्वीटरल्यण्ड,टर्की,स्वीडेन,पोर्चुगल,ब्राजिल,क्यानडा,इन्डोनेशिया,अस्ट्रिया,दक्षिणकोरिया,डेनमार्क,इक्वैडर,फिलिपिन्स,रोमानिया,आयरलयाण्ड,अल्जेरिया,पोल्याण्ड,जापान,डोमेनिकनरिपब्लीका,ग्रीस,नर्वे,पेरु,मेक्सिको,मलेसिया,इराकइजराइल,रुस,लक्जम्वर्ग,अस्ट्रलिया,सादी अरब,चिली,युएई,हङकङ्,कतार,पाकिस्तान भारतसम्म फैलियो ।
कोरोन भाईरस (कोभिड १९)बाट संक्रमित  दुई ठूला छिमेकीका विचमा रहेका हामी  नेपालीले माघे संक्रान्तिमा  घिउ,चाकु,तरुल खाएर ढुक्क सँग पर्व मनाएका थियौं ।फागुन लागेपछि भने विश्वब्यापी माहामारीका रुपमा फैलिदै गएको कोरोनाको त्रासले झन्झन् गाँज्दै गयो ।
नेपालमा भने कोरोना देखा परिसकेको थिएन । त्यसकारण अब बिदेशमा भएका नेपाली नागरिकलाई कसरि बचाउने भन्ने चिन्ता सरकारलाई थियो ।

त्यसकारण पहिलो पटक् चीनमा अध्ययन गर्न गएका १७५ जना  बिद्यार्थीहरूलाई उद्धार गरेर फागुन ४ गते नेपालल्याई खरीपाटीमा निर्मित क्वारेन्टाइनमा राखेर विभिन्न परिक्षण पछि १७ दिनमा घर पठाइएको थियो । यतीबेला सम्म नेपाल सरकारले आफनानागरिकहरूलाई सभा समारोह नगर्नु ,धार्मिक मेलापर्वमा मान्छे धेरै जम्मा नहुनु भन्ने आदेश जारी गरि सकेको थियो । तैपनी फागुन ९ गते पशुपतिनाथमा माहाशिवरात्री धुमधामले मनाइयो । त्यतीबेला आउँदै गरेको फागुन २६ गतेको फागु पूर्णिमा उल्लासपूर्ण तरिकाले मनाउन नपाइएला भन्ने चाहीं सोचेका थिएनौ ।
चैत्र २ गते अथात् मार्च १५ सन् २०००मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा कोरोना विरुद्धको लडाईमा एकजुट हुन सार्क भिडियो कन्फरेन्स गरिएको थियो ।

यो कार्यक्रमले  पुरै दक्षिण एसियालाई कोरोनका बारेमा सजग गराएको थियो । चैत्र ७गते फ्रान्सबाट नेपाल भित्रिएकी १९ र्विर्षय विद्यार्थीमा कोरोना भाईरस देखिएपछि १० गते देखि सार्वजनिक यातायातका साधन गुड्न नदिएर मानिसको आवतजावतमा रोक  लगाउने निर्णय सरकारबाट भएको थियो । त्यसकारण रातारात गरि १० गते बिहान २ वजे छोरा विश्वपौडेल चितवनको भरतपुरबाट घर आइपुगेका थिए । उनी आएपछि हामीलाई अलि संतोष मिलेको थियो ।
कोरोना भाईरस बाट जनतालाई बचाउन भनि १० गते नै भारतले तीन हप्ताको लागि लकडाउनको घोषणा गरि सकेको थियो । नेपाल सरकारले पनि ११ गते घोडेजात्राको दिनमा १८ गतेसम्म एक हप्ता कालागि लकडाउनको घोषणा गर्यो  ।
अनुभूति:
लकडाउन (एक प्रकारको कर्फ्यु ):

देशमाआन्दोलन भएको बेला कर्फ्यु लाएर मान्छेलाई बाहिर निस्कन नदिएको थाहा थियो । तर त्यो कुनै एउटा निश्चित ठाउँको लागि हुन्थ्यो । लकडाउन त पुरै देशभरि एकैचोटी लागु गरियो । मान्छेरू घरबाट बाहिर निस्कन नपाईने भएपछि नियमित चलीरहेको दैनिकीमा यसले ठूलो असर पारेको मैले महसुस गरें । एक्कासी एकप्रकारको उकुसमुकुसको वातावरण सिर्जना भएको महसुस भयो । काठमाडौं भ्याली बाहिर घरमा एकादिनकै हजारोैं मानिसहरू धमाधम गाउँ फर्किए ।

लकडाउन भएको हप्ता दिनमा हाम्रो घरमा भाडामा बस्ने प्रेम मगरका परिवार घर जानखोजे तर गाडी उपलब्ध भएन । अनेक उपाय लगाएर पास मिलाई जीप बन्दोबस्त गरेर गए । उसको श्रीमती लीलाले आँगन बढार्ने गर्थिन ।उनी गएपछि आँगन बढार्नें काम समेत थपियो । खानाबनाउ,भाँडा माझ,लुगाधोउ,सरसफाई गर धेरै समय घरधन्दामै बित्ने भयो मेरो ।

बचेको समय टिभीमा अब के समाचार आउँछ ?  यूटुभमा के छ?भन्दै मनमा कौतुहलता भइरहँदा संपूर्ण ध्यान टि.भी र मोवाइमा केन्द्रिीत हुँनगयो । यस्तो अवस्थामा नयाँ सिर्जना जति हुनुपथ्र्यो हुन सकेन ।
यद्यपी नेपाल बालसाहित्य समाजले बालसाहित्यका सिर्जनाहरु शिर्षकमा ग्रुप खोलेर बालसाहित्य लेखन अभियान सुरु गर्यो  । त्यसमा म पनि सहभागी हुनपुगें । त्यसै गरि नेपाल बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बालकथा लेखनको भिडियो कन्फरेन्स गर्ने अवधारणा अघि सार्यो   । कथा कोरोना सम्बन्धि लेख्नु पर्ने थियो ।

झटपट एउटा बालकथा लेखेंर तयार त पारेंं । प्रविधिको उपयोगमा म अलि पछिनै परेकिले कन्फरेन्समा कसरि भागलिन सकुँला र जस्तो पनि लागेको थियो । छोरा विश्वले ल्यापटपमा मिलाएर छोडी दिनाले २१ र २२ गते भएको बालकथा लेखन कन्फरेन्समा सहभागी हुने अवसर पाएँ । त्यतीबेला म खुबै रोमाञ्चीत  भएँ ।किनकी यस्तो कार्यक्रम   जिन्दगीको पहिलो अनुभव थियो मेरो ।
लकडाउन १९देखि एकहप्ता बढाएर २५ गते सम्म पुर्याइयो  । २० गते रामनवमीको दिन श्रीमान हेम पौडेलजी ८० वर्षमा प्रवेश गर्नुहुने यसपाली छोरी ज्वाईहरू भान्जाभाञ्जी बोलाएर रमाइलो गरौंला, अनाथाश्रम,बृद्धाश्रममा भोजन गराउँला भन्ने सोचेको थिएँ तर जन्मदिन मनाउने बेला म मात्रै भएँ ।

छोरा विश्व आफ्नो बुबालाई शुभकामना दिन नयाँ घरबाट विहान सातबजे यताा आएका रहेछन् तर रुद्रमती चोकमा पुलिसले भेट्टाएर दुइघण्टा पुरै उभ्याइदिएछ । त्यसपछि आउन छोडे । आमाको मुखहेर्ने औंसीको दिन पनि फोन गरेर मलाई शुभकामना दिए ।
लकडायनकै बेला अधिराज्यमा रहेका नेपालीहरु मरिहत्ते गरेर भएपनि स्वदेश फर्किए । भारतबाट आउनेहरु ट्युवमा बसेर कोही पौडिएर माहाकाली नदी तरी नेपाल छिरेको । बाटोबाट हिड्न रोकेपछि जङ्गलको बाटो हिंडेको,औधि मार्मिाक दृष्य देखियो टिभीमा । आखिर जे जस्तो भएपनि परेको बेलामा जन्मेको घर खेलेको आँगन नै सम्झना हुने रहेछ ।
एकातर्फ घर फर्कने मानिसहरूको पिडा अर्कोतर्फ उनीहरूसँगै आएको कोरोना गाउँभरि फैलने डर । यो कस्तो अपठेरो परिस्थिति आइपर्यो  । मन भतभत पोल्दथ्यो घरिघरि ।
दिनदिनै सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि लकडाउन बैशाख ३ गते सम्म लम्बियो । उता भारतले पनि लकडाउनको समय फेरि ३ हप्ता थप्यो । यहाँ पनि चैत्र ११,१९,२५,४चौथो पटक्र र्दुइहप्ता थपेर वैशाख १५गते सम्म पुर्यायो  । पाँचौं पटक् १५बाट फेरि २५ गते सम्म । अब खुल्छकि भनेर मन उत्सुक हुन्थ्यो फेरि बन्द को घाषणा हुँदा खिन्नहुन्यो मन । छैटौं पटक् बैशाख २६ गतेबाट जेठ पाँचगते सम्म लकडाउन बढाइएको छ ।
पहिला खरिद गरेका खानेकुरा सकिदै गए । हामीलाई त यस्तो भएको छ भने कामगर्दै ज्याला लिएर जीवन निर्वाह गर्नेलाई कस्तो कष्ट भइरहेकोे होला त्यसकारण धेरै केही गर्न नसकेपनि घर भाडामा बसेकाहरूलाई बैशाख महिनाको भाडा नलिने निर्णय गरिएको छ ।
सातौं पटक् २०७७ साल जेठ ६ गते देखि फेरि दुइहप्ता लक डाउन बढाएर जेठ २० गते सम्म पुर्याइएको  छ ।

कपनको पञ्चकुमारीमा एक जना र मिलन चोकमापनि कोरोना संक्रमित  भेटियो रे भनेर सिल गरेकोछ । हाम्रो घर नजिकै आईपुग्यो कोरोना । अब के हुन्छ होला भनेर पहिलाभन्दा बढी डर लागेको छ ।

किनभने हामी दुइजना बूढाबूढी साठी वर्ष नाघी सकेका छौं । त्यसमा पनि उहाँ विगत १४ वर्ष देखि सुगर,प्रेसर,मुटुरोगी हुनुहुन्छ । कोरोेना लागी हाल्यो भने रोग प्रतिरोधात्मक क्षमताको कमिले गर्दा निको हुन मुस्कील पर्नेछ । यस्तै कुराहरू मनमा खेल्ने गर्छन् । नेपालमा पनि हजारौ   जनालाई कोरोनाले लगी सक्यो । समाचार सुनेर मुटुमा ढ्याङ्ग्रो ठोक्छ तर ड्याडीलाई (श्रीमान) यस्ता कुरा सुनाउँदिन । किनभने कमजोर स्वास्थ्यका  कारण डरलाग्दा कुराहरूले असर पार्न पनि सक्छ ।
जेठ २० गते लकडाउन खुलछ कि भन्ने आस थियो ।किनभने मानिसहरू रोगल भन्दापनि रोगले मर्लान् भन्ने डर छ । हुनत कोही भोको नपरुन् भनेर नगरपालिकाले,केही समाज सेवीहरुले निशुल्क भोजन वितरण गरि रहेका छन् ।

तर कहिले सम्म ?काम गरेर आफै कमाएर खान पर्ने मान्छेहरुलाई समाजसेवीले गराएको निशुल्क भोजन,सरकारले दिएको राहत बाट मात्रै कतिदिन बाँच्ने ? यो तरिकाले त झन् मेहनत गर्ने बानी विग्रीएर पर निर्भर पो गराउँ छ कि ?मलाई यस्तै लागिरहेको छ । किनभने पहिला हाम्रो घरमा बारी खनिदिने झारपात उखालीने कामदारलाई यस्पाली बारीमा मकै छर्न बोलाउँदा आएनन् । किनभने उनीहरु सँग सरकारले दिएको रासन थियो ।
वास्तवमा कोरोना भाइरसको प्रकोपबाट विश्वभरिनै एउटा अकल्पनिय मानव क्षतीभएको छ । यो लेख तयार पार्दा सम्मलाखौ  भन्दा बढी मानिसहरूलाई कोरोनाले आहार बनाईसकेको छ । अझ यो क्रम  जारी छ ।नेपालमापनि १३  जनाले ज्यान गुमाई सकेका छन् । शिशु बाल,युवा ,वयस्क ,बृद्ध कोसैलाई छोडेको छैन कोरोनाले । को मान्छे कतिबेलात्यसको आहार बन्नुपर्छ थाहा छैन ।
सरकारले कोरोनाबाट बच्नभन्दै आठौं पटक् लकडाउन थपेर जेठ ३२ गते सम्म पुर्याएको  छ । उता भारतले जुन ३० सम्म लकडाउनको समय थपेको छ ।जुन ३० असार १६ गतेहुन्छ । उनीहरुको नखोली नेपालमा लकडाउन खोल्यो भने सम्हाली नसक्नु मान्छे ओइरिने निश्चित छ । त्यसकारण असार महिना पनि यसै जाला जस्तो छ । हुन त यसरी लकडाउनको समय थप्दैमा समस्या समाधान होला जस्तो देखिदैन ।
भारतमा सङ्क्रमण बढेको बढ्यै छ । तापनि उसलाई छिमेकीको सिमाना मिचेर राज्यविस्तार गर्ने महत्वाकाङ्क्षाले गाँज्न छोडेको छैन ।

पछिपछि कोरोना कालले लखेट्दा पनि उसको चेत खुलेको छैन । भारत आफैमा विशाल भूमि भएको देशहो तर पनि अरुको जगगामा किनआँखा गाड्छ ? सोच्ने विषय हो ।

नेपाललाई मात्र होइन अहिले ऊ चिनलाई पनि जिस्क्याउन पुगेको छ । संसार कोरोनाको चपेटामा परेको बेला,स्वयं यो पिडाबाट अछुतो नरहेको आफू भारतको ध्यान छिमेकी सँगको साँध सिमाना मिच्नतिर गएको देख्दा अचमम लागेर आउँछ ।
लकडाउनकै बेला रुकुममा एउटा अप्रिय घटना घट्यो ।

कथित तल्लो जातको केटाले आफ्नी छोरी सित प्रेम गरेको र बिबाह गर्न लिन आएको खवर पाएपछि नवराज बिक र उसका चारजना साथीहरुलाई केटी पक्षले कुटकिुटी मारेर भेरी नदीमा फालेको दुखद घटना सुन्नु पर्यो  ।
त्यसै गरि लकडाउनकै बेला रपन्देही देवदह नगरपालिका ११ की १३ वर्षीया अंगिरा पासीको बलात्कार पछि दोषीलाईनै बालिका जिम्मा लगाए पछिको हत्या भएको थियो ।

यो घटना सँग सम्बन्धित जो जसलाई जति सजाय  दिएपनि बालिका प्रति भएको जघन्य अपराधको सजायँ कम हुँदैन । नतउनको जीवन फर्केर आउँछ । यस्ता अप्रिय घटना फेरि नदोहरिउन् भनि म सबै नागरिकलाई सजग रहन निवेदन गर्दछु । बास्तावमा लकडाउनका बेला त झन् शान्ति हुनुपर्ने ।

मान्छेको ओहर दोहर कम भएपछि झैं झगडा नहुनुपर्ने तर एकपछि अर्को अप्रिय घटनालाई लकडाउनले रोक्न सकेको छैन । न त कोरोना फैलनबाट रोक्न सकेको छ ।कोरोनाको कहरले हरेक पल कोपरि रहेको छ मानिसलाई । बर्तमान अवस्थाका बारेमा लेखिएको कतै पढेका यी शब्दहरू यहाँ उल्लेख गर्न उपयुक्त ठाने मैले ।
अहिले लकडाउनको बेलामा काठमाडौमा धुँवाधुलो छैन । तापनि मुखमा माक्स लाउनु पर्छ । अघिपछि बाटो काटन् मुस्कील पर्ने गरि मोटरको ताँती गुड्ने बाटो खालीखाली छ तर मान्छे ओहरदोहर गर्न पाईदैन । छिनछिनमा साबुनपानीले हात घोएर सफा गरेको भए पनि  कसै संग हात मिलाउन पाईदैन ।अहिले सबै फुर्सदमा छन् तर कसैमा घरमा आउजाउ छैन । पैसाहुने सँग डिस्को जाने,क्यासिनो गएर खेल्ने ,रेष्टुँरा गएर खाने ,मनोरञ्जन गरेर खर्च गर्ने ठाउँ छैन ।

पैसा नभएकालाई रासन किनेर खाने पैसा नहुँदाभोकै पर्नुपर्नै स्थिती छ ।मान्छे हेर्दा केही नभएको जस्तो देखिन्छ तर १४ दिन पछि बल्ल कोरोना लागेको लक्षण देखा पर्दछ त्यसकारण समय एकदमै प्रतिकुल भएको महसुस भएको छ । सारा विश्व ठप्प भएको छ अहिले ।मानिसहरुका लागि यो भन्दा दुखका कुरा के हुन सक्दछ अरु ।
कोरोनाका केही सकारात्मक पक्ष:

—१) स्वच्छ वातावरण—
जेकुरा पनिखालीनकारात्मकमात्रहुँदैन ।जुनसुकै बादलमापनिचाँदीको घेरा हुन्छ भने झैं खराव कुरामा असल कुरा लुकेको हुन सक्दछ । त्यस्तै लकडाउन हुनु भन्दापहिले काठमाडौंमा धुँवाधुलोले आकासै धुम्म देखिन्थ्यो भने रुख विरुवाकापातमाधुलो टाँसिएर नराम्रो देखिन्थ्यो । लकडाउन भएपछि वातावरण स्वच्छ भएको छ । आकाश सफाभएको छ । परपरका हरिया डाँडा र्छलङ्ग देखिन्छन् । बाटो छेउछाउका फूल त के घाँसपनि फुलेका मनोरम दृष्य देख्न पाइन्छ । पहिलादेखिने तर केहीवर्ष हराएका चराहरु फेरि देखिनथालेकाछन् । ठेलमठेल घचेटा घचेट छैन । बजार होलो छ ।आजभन्दा ३५ वर्ष पहिलेको जस्तो वातावरण छ ,अहिले काठमाडौंमा ।
२ एकठाउँमा स्थिर भएर बस्न सक्ने शक्तिप्राप्त–
स्पभावैले मनिस चञ्चल हुन्छ । ऊ एक ठाउँमा बसिरहन सक्तैन । घुम्ने,डुल्ने ,आफन्तजनलाई भेट्न जाने ,काममाजाने,भएको हुँदा एकठाउँबाट अर्को ठाउँमा गइरहनुपर्ने हुन्छ ।त्यसैले समयमापुग्न बसचढ्न सँधै हतार भइरन्छ ।कुदाकुदभईरहन्छ । तर कोरोका कारण लकडाउन भएपछि घरभित्रै पनि बसिरहने शक्तिप्राप्तभएको छ । बाहिर निस्कनहुँदैनभनेपछि घरभित्रै खुम्चेर बस्न सकिरहेकाछन् मानिसहरू ।
३)सहयोगको भावना बृद्धि –दैनिकज्यलामजदुरी गरेर जिविकोपार्जन गर्नेहरू काम र माम बाट बन्चीत भएपछि गच्छे अनुसार आफूले सक्दो सहयोग गरेर कसैको घरमा चुलो निभ्नदिइएको छैन । मान्छेलाई सहयोग गर्ने मान्छेले हो । यस्तो बेलामाहुनेले नहुनेलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको बृद्धि भएको मैले पाएको छु ।
४)सूचनाप्रविधिको प्रयोग–लकडाउनका कारण मानिसहरू एक ठाउँमा भेलाहुन नपाएपछि प्रविधिको उपयोग गरि साहित्यिक संस्थाहरुले भिडियो कन्फरेन्सकविगोष्टी गरेर कार्यक््रmम संचालन गरे । जसमाकम जस्तो प्रविधिमाकमजोर मान्छेलेपनि करैले पनिसिकेर कार्यक््रmममा सहभागीताजनाएँं । विश्वले एकमहिना समम घरैबाट भिडियो कन्फरेन्स मार्फत अफिसको कामघरबाटै गरेका थिए ।
स्कूलकाविद्यार्थीलाई पनिअनलाई ल्कासबाट पढाउन थालिएको छ । योसब इन्टेरनेटको पहुँचले गर्दा संभवभएको हो ।
५) सिर्जनाको अवसर–केही स्रष्टाहरू अफिसको कामले गर्दा चाहे जति साहित्यसिर्जना गर्न सकीएनभन्नुहुन्थ्यो उहाँहरुकालागि लकडाउन स्वर्ण अवसर भएको छ ।घरैमा एकान्तबास बसेको बेला कोरोना लगाएतविविधविषयमानयाँनयाँ रचनाहरू रचिइएका छन् ।
म स्वयंले पनि चारओटा पुस्तकफाइनल गरें भने केहि फुटकर रचना लेखिए र लेखिने क््रmम जारी छ ।
६) परिवारसँगको आत्मीयता बृद्धि –कामकाजको व्यस्तताले घर परिवार वालबच्चाहरूलाई समय दिननसक्दाउत्पन्नतनाव केहीहद सम्म कमभएको छ ा बालबच्चाहरुले अभिभावक सँग बस्न,खेल्न रमाउन पाएकाछन् । त्यसले गर्दा आपसमाआत्मीयता बढेको छ
७)मितव्ययीता–परिस्थीतिलेनै आम्दानीको स्रोत घटाइएको लकडाउनका बेलाआफूसँग भएको सिमीत साधन स्रोतले पु¥याउनु पर्ने हुँदा गृहणीहरू फारोतिरो गर्न थालेको देखिन्छ । अनावश्यक तडकभडकमा केहीकमीआएको छ । बैशाखजेठ महिनाबिबाहको सिजनभएकोले पहिले कुरा छिनी सकेका मिति तय भइसकेका बर बधुहरूको साटासुटु गरि बिबाहभएको छ । पार्टी भोजमाखर्चहुने करोडौं पैसा जोगीएको छ ।
८) जन चेतना –कोरोना भाइरस कोभिड १९ रोग नयाँ रोग भएको र यसको उपचारका लागिऔषधीपत्तालागिनसककेको अवस्थामामानिसहरू आफै सचेत भइ घरमा बस्ने गरेका छन् । स्वाश्थ्यमा गडबडी आउना साथ डाक्टरको सल्लाहलिनेको संख्या बढेको छ ।आफूले आफैलाई कसरी स्वश्थ राख्न सकिन्छ भनेर सजगताअपनाउने गरेको पनि देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।