मेरा चार थान मुक्तक : क्षीतिज विरु राना

मेरा चार थान मुक्तक :  क्षीतिज विरु राना

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

म त खुसि हराएको मान्छे
तिमी देखि डराएको मान्छे
विगत सम्झेको छु अझै सम्म
मन देखि मन पराएको मान्छे ।

यो जिन्दगी पनि सफल कसरी हुने होला
चिन्ता लाग्छ हरेक पल कसरी हुने होला
दिन रात बराबर गर्छु परिश्रम त्त आखिर
यथावत सपनाको महल कसरी हुने होला ।

राहदानी बोकेर लागेको लस्कर बुझ्न् पाको छैन्
कस्तो भयो होला अचेल गाउँघर बुझ्न् पाको छैन्
फ्री भीषा फ्री टिकट भन्छन् रोजगारदाताहरू पनि
जमिन धितोमा राखी तिरेको कर बुझ्न् पाको छैन्।

यहाँ कसैले जित्छ बाजी हेर्न बाँकी छ
जनताको खुःसी राजी हेर्न बाँकी छ
यो देश बचाउँछु भनेर दिएछ उमेद्वारी
मै हुँ भन्छ देशको काजी हेर्न बाँकी छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।