चार मुक्तक : दीपा शाही रावत

चार मुक्तक : दीपा शाही रावत

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

अचेल तिम्रो मधुर बोलीले कता कता मन छुन थाल्यो
मनमा भएको दर्दले दिन रात आँखाको परेली रुन थाल्यो
खै तिमी बिनाको यो जिन्दगी जिन्दगी जस्तो नै लाग्दैन
पीरले आँसु बगिरहन्छ त्यहीँ आँसुले यो देह धुन थाल्यो ।

नबोलूँ भन्दा पीडाले आफैँ शब्द खोजिदिन्छ
नरोऊँ भन्दा सम्झनाले आँखै भरिदिन्छ
स्वार्थले लुटेको सपनाको शहरभित्र पनि
यिनै आँसुहरूले फेरि मान्छे हुन सिकाइदिन्छ

मेरो मन मुटुलाई नै घायल पार्छाै नजरको तिरले
आँखाकै इसाराले भुतुक्कै मार्छाै नजरको तिरले
कता कता डर पस्छ यो मन डगमगाउन थालेपछि
मुस्कान छर्दै आफैँतिर दिल सार्छाै नजरको तिरले

नलेखूँ भन्दा जिन्दगीले लेख्ने बनायो रुने बनायो
विगत सम्झेर आफ्नै मुटु दुखेर छुने बनायो
सुन्दर संसारका सपनाहरू लुटिएका छन् स्वार्थले
वर्षिन्छन् वर्षाद बादलबिना झैँ आँखा धुने बनायो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।