शान्त मनः सक्रिय जीवन ( राजेशमान के.सी.)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ९।
मन मानिसको चैतन्य शक्ति हो । मन कुनै भौतिक तत्वद्धारा निर्माण भएको बस्तु होइन । मनको स्वस्थ, सवल र सकारात्मक विचारले संसारको कायाकल्पमै सुखद् परिवर्तन ल्याउन सक्तछ भने मनमा उत्पन्न हुने अस्वस्थ, प्रदूषित र नकारात्मक विचारले संसारलाई दुखद् र अशान्तिको स्थल पनि बनाइदिन सक्छ । आज विश्वमा जति पनि नवीन खोज, आविष्कार र भौतिक प्रगति भएका छन्, ती सबै मानव मनकै उपज र अभिव्यक्ति हुन् । यसबाट के स्पष्ट हुन्छ भने मानव मन यदि कुनै कुरामा उत्साह, उमंग र एकाग्र भएर लाग्ने हो भने उसले चमत्कारिक उपलव्धि हासिल गर्न सक्तछ ।
यद्यपि मानव मन त्यत्तिकै चुप लागेर बस्ने स्वभावको हु“दैन । मनमा हरपल, हरक्षण कुनै न कुनै विचार वा संकल्प चलिनै रहेको हुन्छ । मनमा उत्पन्न हुने यस्ता संकल्प र विचारहरु विशेषगरी दुई प्रकारका हुने गर्दछन् । एउटा चिन्तनशील विचार र अर्को चिन्ताग्रस्त विचार । मनमा यदि चिन्ताग्रस्त विचार मात्र बारंबार उठिरहन्छ भने हामी मानसिक रुपमा तनावग्रस्त बन पुग्दछौ“ र यसले हाम्रो शरीरलाई पनि कमजोर र रोगग्रस्त तुल्याइदिन्छ । तर मनमा यदि चिन्तनशील विचार उत्पन्न भइरहने हो भने यसले हाम्रो जीवनलाई समस्याको भूमरीबाट समाधानको दिशातर्फ उन्मुख गराउ“दछ र समृद्धिको बाटोतर्फ अग्रसर गराउ“छ ।
मन र तन बीचको अन्तरसम्बन्ध
मन र तनबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । मनोचिकित्सकहरुको भनाई अनुसार मनमा उत्पन्न हुने खुशी, आनन्द र हर्षले हाम्रो अन्तःस्रावित प्रणालीमा इन्डोरफिन ९भलमयचउजष्ल० जस्ता हार्मोन्सहरु पैदा गरिदिन्छ जसले गर्दा मानव शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्न जान्छ र अनेक प्रकारका विषालु ९त्यहष्अ० तत्व तथा रोगका भाइरसहरुले शरीरलाई कुनै हानी गर्न सक्तैन, नोक्सान पुर्याउन सक्तैन । तर मानिस जब चिन्ता, आवेग र तनावपूर्ण मनस्थितिबाट ग्रसित हुन्छ उसको शरीरको अन्तःस्रावित प्रणालीले कार्टिको स्टेर्वाइड ९अबचतष्अय कतभचयष्म० नामक हार्मोन्स पैदा गर्दछ । यसबाट हाम्रो शरीरमा यूरिक एसिड, पेटमा घाउ अथवा अल्सर, कोलेस्टोरल आदि जस्ता तत्वहरु उत्पन्न हुन्छ र शरीर रोगको घर बन्न पुग्दछ । तसर्थ शरीरलाई निरोगी राख्ने अथवा रोगको घर बनाउने यो सबै बाह्य परिस्थिति भन्दा हाम्रो आन्तरिक मनस्थितिमथि नै बढी निर्भर रहने गर्दछ ।
आज विश्वमा जति पनि अशान्ति, द्धन्द, हत्या, हिंसा, प्रदूषण आदिका घटनाहरु हामी देख्छौ“, सुन्छौ“ त्यसको विजांकुरण पनि कुनै न कुनै रुपमा मानव मनमा नै भएको हो । ईष्र्या, द्धेष, घृणा, क्रोध, वैमनस्य लगायत अनेकन् स्वार्थजन्य सोचाई र भावनाले मानव मनलाई गा“जिरहेको हुन्छ, पिरोलिरहेको हुन्छ । यस्तो मानसिक अवस्थामा न मन शान्तमय हुन्छ न त आनन्दमय र सुखमय जीवनको नै परिकल्पना गर्न सकिन्छ । बरु यस्तो अशान्त, असन्तुलित र तनावग्रस्त मन आफैमा एक जटिल समस्या बन्न पुग्दछ । किनकि हाम्रो मनको सोचाई, विचार वा दृष्टिकोणले नै हामीलाई उन्नति अथवा अवनतिको मार्गतर्फ धकेल्ने गर्दछ । तसर्थ जुनसुकै प्रकारका समस्याको सर्जक मानव मनको सोच र चिन्तन नै भएको हु“दा यसको समाधान पनि हामीले मानव मनको विचार वा भावनामै खोज्नु पर्दछ र त्यसमा सुधार अथवा परिवर्तन ल्याउने प्रयत्न गर्नु पर्दछ ।
आध्यात्मिक ज्ञान र योग
वास्तबमा हाम्रो मन यति चंचल र अस्थीर भइरहन्छ कि यसलाई शान्त र सन्तुलित राख्ने काम त्यति सहज र सजीलो पक्कै पनि छैन । तर यदि हामीले निरन्तर अभ्यास गर्ने हो र निरन्तर साधना गर्ने हो भने यो असम्भव कुरा पनि होइन । त्यो साधना हो आध्यात्मिक ज्ञान र योगको साधना । आध्यात्मिक ज्ञान र योगको साधना नियमित रुपमा गर्नाले र दैनिक जीवनमा यसको व्यावहारिक प्रयोग गर्नाले मानव मन स्वच्छ, सवल र शक्तिशाली बन्दै जान्छ । अर्को कुरा आध्यात्मिक ज्ञान र योगको साधना गर्नु भनेको मनलाई दबाउनु अथवा दमन गर्नु होइन । बरु यस्तो अभ्यास र साधनाबाट मनलाई सुमन गर्ने अथवा मनलाई सुमार्गतर्फ लैजाने जस्ता ब्याबहारिक पद्धतिको अबलम्बन गरिन्छ । त्यति मात्र नभएर आध्यात्मिक साधनाबाट मन भित्रको अथाह क्षमता र सम्भाव्यतालाई पनि सकारात्मक रुपमा उत्सर्जित गर्न सकिन्छ र आप्mनो कर्म क्षेत्रमा अग्रसर रहन सकिन्छ । जसले गर्दा मानव मनको अन्तरचेतनामा रहेको गुण र क्षमता पनि प्रष्फुटित हुन थााल्दछ र हामी पूर्ण सक्रियताकासाथ प्रगतिको बाटोमा अगाडि बढ्न सक्तछौं ।
अध्यात्म र स्व–परिवर्तन
आध्यात्मिक ज्ञानको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसले अरुलाई बदल्ने प्रयास अथवा परिश्रम गर्नुको साटो स्वयंलाई रुपान्तरित अथवा परिवर्तन गर्न अभिप्रेरित गर्दछ । जसबाट मानिस निहीत स्वार्थको त्याग गरी सर्वहित कल्याण र सेवााको लागि अभिप्रेरित हुन पुग्दछ, समर्पित बन्न पुग्दछ । आध्यात्मिक ज्ञानले मानिसको बाह्य सुधार र श्रृंगार भन्दा पनि आन्तरह्रदयको शुद्धता र सशक्तिकरणलाई महत्व दिने गर्दछ । त्यसैले आध्यात्मिक साधना र योगको अभ्यासद्धारा मनलाई शान्त र सन्तुलित अनि शरीरलाई स्वस्थ र सक्रिय तुल्याई उन्नतीको बाटोतर्फ अग्रसर हुन सकिन्छ । आध्यात्मिक ज्ञानले मानिसलाई भौतिक प्रगति नै गर्नु हु“दैन अथवा आध्यात्मिक ज्ञानले मानिसलाई दीन, हिन र भिखारी नै बन्नु पर्दछ भन्दैन र भनेको छैन । बरु आध्यात्मिक ज्ञानले हामीलाई जहिले पनि सही मार्गको अबलम्बनद्धारा आप्mनो कर्तव्य पथमा अगाडि बढ्दै भौतिक उपलव्धि हासिल गर्ने र आपूmले प्राप्त गरेको त्यस्तो भौतिक उपलव्धिलाई सही रुपमा उपयोग गरी मानव हित र कल्याणमा पनि लगाउन अभिप्रेरित गर्दछ ।
निचोड
अन्त्यमा प्रत्यक ब्यक्तिले आप्mनो जीवन सुखी होस्, शान्त होस् र सम्बृद्ध बनोस् भन्ने चाहना राखेको हुन्छ, परिकल्पना गरेको हुन्छ । यस्तो चाहना राख्नु स्वाभाविक हो र यो बास्तबमा हामी मानव मात्रको जन्मसिद्ध अधिकार पनि हो । तर चाहना राख्दैमा अथवा परिकल्पना गर्दैमा मात्र कुनै पनि कुरा पूरा हुने त होइन । आप्mनो यस परिकल्पनालाई मूर्तरुप दिन हामीले आध्यात्मिक ज्ञान र योगको साधनाबाट आप्mनो आन्तरिक मनस्थिति शान्त, स्थीर र सन्तुलित राख्दै जीवनलाई सक्रिय र कर्मशील बनाउने तर्फ पनि निरन्तर प्रयत्नशील र अग्रसर रहनु पर्दछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
