काठमाण्डौ क्षेत्र नं ४ को प्रारम्भिक चुनावी अंकगणित : झिनो मतान्तरले हार जीतको सम्भावना

काठमाण्डौ क्षेत्र नं ४ को प्रारम्भिक चुनावी अंकगणित : झिनो मतान्तरले हार जीतको सम्भावना

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

फागुन २१ गते हुने निर्वाचनका लागि अहिले राजनीतक दलहरु चुनावी घरदैलोमा व्यस्त रहेका छन। निर्वाचनको मिति नजिकिदै जादा अहिले उम्मेदवारहरु मत बढाउने रणनीतिमा लागेका छन भने जनताहरु पनि विस्तारै आफ्नो मतको ठेगाना निश्चित गर्नका लागि सक्रिय रहेका छन।

GEN Z आन्दोलन पछि विशेष परिस्थितिमा हुन् लागेको यस निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का २८ जना उम्मेदवारहरु अहिले जनताको विचमा पुगेर मत माग्न निकै व्यस्त देखिएका छन।

विगतका चार वटा निर्वाचनमा लगातार नेपाली कांग्रेसले विजयी प्राप्त गरेको काठमाण्डौ क्षेत्र नं ४ मा यस पटक भने निकै रोचक प्रतिस्पर्धा हुने प्रारम्भिक अनुमान गरिएको छ।

यस अघि नेपाली कांग्रेसका सभापति गगन थापाले तिन पटक जितेको निर्वाचन क्षेत्रमा यस पटक भने थापा उम्मेदवार नहुदा यहाँका दलहरु विच फरक समिकरण र रणनीतिमा चुनावी अभियान चलिरहेको छ।

यस क्षेत्रमा पहिलो पटक रास्वपाको प्रवेश,दुई निर्वाचन पछि पुर्व माओवादी र समाजवादीको प्रत्यक्ष सहभागिता र उज्यालो नेपाल पार्टी तथा श्रम संस्कृति पार्टीको इन्ट्रीले चुनावी नतिजालाई प्रभावित पार्न सक्ने विश्लेषकहरुको भनाइ रहेको छ।

यस्तो छ मतको अवस्था :   

काठमाण्डौ क्षेत्र नं ४ मा यस निर्वाचनमा ७६,१४१ मतदाता रहेका छन जसमा ३५५४२ पुरुष र ३९५९९ महिला मतदाता रहेका छन। निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा ७१.४३ प्रतिसत कस आर्य मतदाता रहेका छन भने २५ प्रतिसत आदिवासी जनजाती र ३.५७ प्रतिसत दलित मतदाता रहेका छन।

यस क्षेत्रमा करिव ५५ हजार मत खस्ने अनुमान गर्ने हो भने यहाँका प्रमुख दलहरु विच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ। गत निर्वाचनमा पनि ५० हजारको आसपासमा मत खसेको काठमाण्डौ क्षेत्र नं ४ मा यस पटक बढेका मतदाताहरुले सक्रिय सहभागिता जनाएको खण्डमा करिव ५५ हजार मत खस्ने अनुमान गरिएको छ।

कुल ३३ मतदान स्थल  ८८ मतदान केन्द्र रहेको काठमाण्डौ क्षेत्र नं ४ मा पहिलो पटक मैदानमा आएका र विगतका निर्वाचनमा पाएको मतका आधारलाई हेर्ने हो भने मुख्य तिन राजनीतिक दल बाहेक स्वतन्त्र सहितका उम्मेदवारहरुले करिव १७ हजार सम्म मत प्राप्त गर्ने अनुमान गर्न सकिन्छ।

यसमा विगतको निर्वाचनमा ति दलहरुले प्राप्त गरेको मत  अनुपात र पहिलोपटक मैदानमा आएका दलहरुको प्रचार प्रसार र आन्तरिक प्रभावको आंकलन गर्दा यो मत शंख्यालाई आधार बनाइएको हो। यसमा हुने थपघट त चुनावी नतिजा संगै प्राप्त हुने नै छ।

यसलाई आधार मानेर हेर्दा  यस क्षेत्रका प्रमुख राजनीतिक दलहरु विच करिव ३८ हजार मतमा त्रिपक्षीय भिडन्त हुने अनुमान गर्न सकिन्छ। २०७९ शालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले पाएको मत र यस निर्वाचनमा पहिलो पटक उम्मेद्वारी दिएको रास्वपा (२०७९ मा  यहाँ रास्वपाले उम्मेद्वारी दिए जस्तो गरेर नाटकीय रुपमा फिर्ता गरेको थियो)  अहिले निकै प्रतिस्पर्धात्मक अवस्थामा देखिएका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा कांग्रेस र एमालेको सनातनी मत र रास्वपाको प्रारम्भिक चरणमा देखिएको रास्ट्रीय लहरका आधारमा हेर्ने हो भने ति  दलहरु अहिले ११ देखि १४ हजारको मतभार विचमा कुदिरहेको अनुमान गर्न सकिन्छ।

अब कुन दल कति हजार भनेर भन्ने ठोकुवा गर्नु मुर्खता सिवाय केहि नहुने भएकोले यहाँका दल विच निकै झिनो मत अन्तरले हारजित हुन् सक्ने अनुमान भने सजिलै लगाउन सकिन्छ।

निर्णायक बन्न सक्छन काठमाण्डौ महानगर वडा नं ७ र कपन:

यस निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को चुनावी नतिजामा काठमाण्डौ महानगरपालिका वडा नं ७ र कपनका तिन वडा निर्णायक बन्न सक्ने देखिन्छ।

काठमाडौं महानगरपालिका वडा नं ७ मा कुल १६३५४ मत रहेको छ भने बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा ९२४५ मतदाता रहेका छन। यी  वडामा खस्ने मत र उम्मेदवारहरुले प्राप्त गर्ने मत परिणामले चुनावी  नतिजामा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।