यी राजनीतिक दलको मतले प्रभावित पार्न सक्छ काठमाण्डौ क्षेत्र नं ४ को नतिजा

यी राजनीतिक दलको मतले प्रभावित पार्न सक्छ काठमाण्डौ क्षेत्र नं ४ को नतिजा

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

हरेक निर्वाचनमा निकै चर्चामा रहने काठमाण्डौ क्षेत्र नं ४ मा अहिले राजनीतिक दलहरुको घरदैलो अभियान चलिरहेको छ। २८ जना उम्मेदवार मैदानमा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा अहिले मुलत नेपाली कांग्रेस ,नेकपा एमाले र रास्ट्रिय स्वतन्त्र पार्टी विच निकै रोचक प्रतिस्पर्धा हुन् देखिन्छ।

२०६४ शाल देखिको निर्वाचनमा प्रमुख प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेको चुनावी मैदानमा रास्वपाको प्रवेस संगै निकै रोचक बनेको काठमाण्डौ क्षेत्र नं ४ मा यस पटक अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गर्ने मतले नतिजालाई प्रभावित पार्न सक्ने देखिन्छ।

२०७९ शालको निर्वाचनमा रास्वपाका उम्मेदवार नरहेको अवस्थामा ७ हजार भन्दा बढी मत अन्तरले जितेको नेपाली कांग्रेसको मत यस पटक घट्ने देखिन्छ भने नेकपा एमालेले प्राप्त गरेको मतमा पनि अहिलेको घन्टी लहरले प्रभाव पार्ने देखिन्छ।

पछिल्लो राजनीतिक घटनाक्रम र राजनीतिक दलहरुको प्रचार अभियानलाई हेर्दा काठमाण्डौ क्षेत्र नं ४ मा दलहरुले प्राप्त गर्ने मत र अन्तर कम हुने अवस्थामा यहाँ रहेका नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गर्ने मतले नतिजामा प्रभाव पार्ने विश्लेषण गर्न थालिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा पहिलो पटक राजनीतिक प्रतिस्पर्धामा रहेका उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीले प्राप्त गर्ने मतले पनि फागुन २१ गते हुने निर्वाचनको नतिजामा अशर पार्ने देखिन्छ भने गत निर्वाचनमा करिव ४ हजार मत पाएको राप्रपाको मतले पनि नतिजालाई प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

त्यस्तै गत दुई निर्वाचनमा गठबन्धनका नाममा अन्य पार्टीलाई मत दिएका पुर्व माओवदी र नेकपा एसको मत आफ्नै चुनाव चिन्हमा जादा एमाले र कांग्रेसको पुरानो मत शंख्यामा तलमाथि पर्न सक्ने देखिन्छ भने गत निर्वाचनमा उल्लेखनीय मत पाएका स्वतन्त्र उम्मेदवार डा. अर्चन शमशेर राणाको मत पनि गेम चेन्जर बन्न सक्ने अनुमान गर्न थालिएको छ।

आजको दिन सम्म काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिक माहोल हेर्दा निकै रोचक र प्रतिस्पर्धात्मक चुनावी भिडन्त हुने चर्चा क्षेत्रका चिया पसल र भेटघाटमा छलफल तीव्र बनेको छ।

तपाइँको प्रतिक्रिया ।