लकडाउन
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १२ /बालकृष्ण दंगाल
कोभिड–१९ कोरोना भाईरस लकडाउनको समय सिमाआज ५२ दिनबितिसक्यो र कोरोनाको संक्रमणमा नेपालको सातै प्रदेशमामात्रनभै चीन, अमेरिका, जापान, ईटाली, ईरान, भारत, युरोप, पाकिस्तान कोरीया, जर्मन, बहराइन, बेल्जियम, मलेसिया दुवै बेलायत, रुस लगायतविश्वभरिको पहिलो कलिको अन्त्यमा ठूलो विश्वयुद्ध हुन्छ भनेको कताकता परम्पराबाट सुनिनआएको थियो । त्यसलाई विर्सिसकेको थियो ।
अहिले आएर एउटा कताकता नाम पनि नसुनेको कोभिड–१९ कोरोना भाईरस भनिनाम कहाँबाट बन्यो विश्वभरिको इतिहासको पहिलो विश्वयुद्ध भएको हुनाले स्वास्थ्य स्थितिलाई अझै आईपरेको समस्यालाई ध्यानमा राखी यस स्थितिलाई उच्चमनोबल बढाई स्वास्थ्यविद्हरुले र स्वास्थ्य सुरक्षाविद, सैनिक बल, नेपाल प्रहरी, सशस्त्रप्रहरी बल, नेपाल पत्रकार महासंघका पत्रकार मित्रहरु र उहाँहरुलाई यस्तो दुःखद् घडीमा आफू र आफ्ना सन्ततीको ख्याल नराखि दिनरात नभनी जनताका सेवामा समर्पित हुनुहुने सम्पूर्ण कर्मठ योद्धाप्रति सहानुभूति प्रकट गर्न चाहन्छु र यस कोरोना भाईरस रोगको कारणबाट मृत्यु हुने देश विदेश विश्वभरिका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा श्रद्धाञ्जली दिँदै उहाँहरुका परिवार जनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने अपेक्षा राख्दै श्री भगवानसँग प्रार्थना गर्दछु ।
यतिबेला लकडाउनको पनि समय सिमा समाप्तहने बेलाभईसकेको र फेरि लकडाउन पुनःथप गर्नुपर्ने बाध्यता देखिएको हुनाले २०७७ साल जेठ २० गते सम्मका लागि लकडाउन थप भैसकेको हुँदा दैनिक ज्याला गरेर मजदुरहरुको जिविको पार्जन गर्न अति कठिनाई परिरहेको हुनाले बुढाबुढी, सुत्केरी महिलाहरुलाई राहतको कतैबाट पनि राहतको व्यवस्था नभएको गुनासो प्रायदिनै पिच्छे आईरहेको छ । आफुले दैनिक गरेको काम गर्न पनि १ मिटर टाढा बसेर काम कसरी गर्ने, एक्लै गरौं मिल्दैन साथीसँग गर्न सम्भव पनि छैन ।
हुने काम गर्न वाहिर जानबाट रोक लगाईएको छ । त्यसकारण गरिबीका रेखामुनि रहेका पिडितहरुलाई राहत उपलब्ध गराइएको छ भन्ने विभिन्न पत्रपत्रिका, टि.भि. मार्फत सुनिन आएको हुनाले माग राखेको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न दातृ संघ संस्थान बाट उपलब्ध कोभिड–१९ कोरोना भाईरस कोषमा उपलब्ध रकम अथवा कोषमा जम्मा भएको भण्डारबाट राहत उपलब्ध गराउन पर्नेमा भण्डारमै सिमित रहेको छ ।
जस्तै २०७२ सालमा भुकम्प पिडितलाई दातृ निकायहरुले गरेको राहत केही एयरपोर्टमा नै गायव, केही ठूलाठालुको घरमा थन्कीयो, केहीले १० पटक पनि पाए कोही गरीवका रेखामुनि बसेका पिडित जस्ताको त्यस्तै भयो र अहिले पनि कोरोनाको निहुमा उपलब्ध भएका राहतपनि अगुल्टाले हानेको कुकुर बिजुलीबाट तर्सन्छ भने जस्तै जनतामा भ्रम फैलिएको हुनसक्छ ।
त्यसकारण धनी–धनीनै भए गरीव जस्ताको त्यस्तै भुकम्प हुनी कै हातमा, बाढी पहिरो, डुवान भएनाम पिडितको काम हुने खानेको भएको थियो र अहिले कोभिड–१९ कोरोना भाईरसको नाममा पनि त्यस्तो नहोला भन्ने आधारनै छैन, ठुला ठालुलाई सवैले चिनेका हुन्छन् ।
गरिवका सन्तानलाई कसले चिनेको हुन्छ र चिने पनि नचिनेको जस्तो व्यवहार गर्छन् तर त्यस्तो दुःखद् घडिमा तेरो मेरो नभनि त्यो पनि हाम्रो यो पनि हाम्रो भनि पक्षपात नगरी दिएहुन्थ्यो तर भ्रष्टचार गर्न दिने छैन भन्छन् भन्न त तर, माथिबाट नै प्रदुषित हुन गैरहेको छ किन फलानाले फलानो कामगर्दा यति भ्रष्टचार गर्यो भनि भाषण गरी सवैलाई प्रचार गर्छन् तर भोली पल्ट अंशबण्डा भएर होकी भोलिपल्ट बाट सबै चुपचाप पर्छन् किन भ्रष्ट गरेको भए गर्नेलाई कार्वाही गर्नुपर्ने होइन भने भन्नेलाई कार्वाहि गर्नु पर्ने होइन र ?
त्यसकारण अहिले कोरोना भाइरसले गर्दा दैनिकज्याला गरेर जिविकोपार्जन गर्नुपर्ने बुढाबुढी, सुत्केरी महिला, बालबच्चाहरुका लागि कति विपतको समयमा चुलो बाल्न कठिनाई परेको छ ।
त्यस्तो अवस्थाकाजनताकादुःख देख्दा देख्दै नेपालकाप्रधानमन्त्री जस्तो संवेदनशिल राष्ट्रप्रति २०७६ चैत २५ गते राष्ट्रको नाममा सम्बोधन गर्नु भएपाँचवर्षका बच्चाले बोलेको भन्दानीकमजोरी देश र जनताकानाममा १ शब्द पनि नबोली हाम्रो पार्टीलाई तल पार्न खोजिएको शब्द मात्र बोली जनतालाई बाहिर ननिष्कनु भित्रै बसिरहनु भनेको मात्र सुनियो तर तिमिहरुले खाना पायौ कि पाएनौ । नपाएको भए कोरोना भाईरस कोषमा जम्मा भएको रकमबाट अथवा रकम कोषको नेपाल सरकार द्वारा विभिन्न दातृ निकायबाट जम्मा भएको राहत फलानो ठाउँमा पाईन्छ त्यो ल्याएर खानु समेत नभनि राष्ट्रको नामको सम्बोधन छ ।
के, त्यस्तो देख्दा सुन्दाअरुले तलपार्न खोजेको भन्नु लाजमर्दो कुरा छैन र गरिवीका रेखामुनी बसेका जनताले सरकार प्रति आशा राख्ने आधार देखिएन जनताआफैं सचेत रहनु अति आवश्यक देखिन्छ । र एउटा व्यक्ति इन्द्रेणी कार्यक्रम चलाउने कलाकार, पत्रकारले सारा संसारका दाताहरुले दिएको सहयोग भएपनि संसार घुमेर खान नपाउने गरीवअन्धा–अपाङ्ग विरामी सवैलाई हेरी तिनको घरघर, कोठाकोठा पुगी राहतउपलब्ध गराई दिनु हुने इन्द्रेणी कार्यक्रमका संयोजक कृष्ण कढेंलज्यूलाई धन्यवाद सदैव दिन चाहन्छु । नेपाल सरकारबाट त्यति गर्न सक्ने दाता कोहि रहेनछन् ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक