गजल : अनिता भण्डारी (पौडेल)

गजल : अनिता भण्डारी (पौडेल)

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

म तिम्रो रोवर्ट हैन हेर तिम्रै ईशारामा चल्ने
दिनभरी दौडाउछौ न बिश्राम छ न कुरा गल्ने

तिम्रा इन्द्रियहरूले काम गर्न छोड्छन एकदिन
कहिलेसम्म हो र मैले मसाज भन्दै खुट्टा मल्ने

दिनभरी काममा हुन्छु साझ बिहान घरकै काम
थाकेको छु भन्दै कैले होला बिस्तारामा ढल्ने

लाग्छ बुझ्छन् कसैले मेरो कुरा भोको पेट बलेको
घर पुग्दा मिठो परिकार आहा मेरै लागी चुल्हो बल्ने

तिम्रै समयमा चल्नुपर्ने रिमोट कन्ट्रोल तिम्रै हातमा
बरु थपिदेउ अझै दुईचार हातखुट्टा जिउबाटै फल्ने

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।