सुन्दर टोल जागृत समूह गोकर्णेश्वर द्वारा लकडाउन प्रभावितलाइ खाद्यान्न सहयोग

सुन्दर टोल जागृत समूह  गोकर्णेश्वर द्वारा  लकडाउन प्रभावितलाइ खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं जेठ १२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित सुन्दर टोल जागृत समूहले शुरु गरेको निशुल्क भोजन अभियान स्थगित भए संगै सो भोजन अभियानको लागि संकलित खाद्यन्न लकडाउन बाट प्रभावितहरुलाई वितरण गरिएको छ। करिब १४५ जना लकडाउन बाट प्रभावितहरुलाई खाद्यान्न वितरण गरिएको,  सुन्दर टोल जागृतका हिरामान शाहीले जानकारी   गराए  ।

सामाजिक दुरी कायम गरि वितरण गरिएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसे नगर  प्रबक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरी, युवा नेता लाल बहादुर लामा , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष किरण केसी,समाज सेवी शम्भु प्रसाद अधिकारी ,

गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्याल , गोकर्णेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष राजिव थापा, गोकर्णेश्वर नगरपालिका वडा ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, गोकर्णेश्वर नगरपालिका कोरोना भाइरस कोभिड १९ को स्वयम् सेवक परिचालन समितिको संयोजक दिपक लामा, समाजसेवी हिरामान शाही, सुन्दर टोल जागृतका पदाधिकारी लगायतको उपस्थितिमा खाद्यन्न वितरण गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।