गोकर्णेश्वर नगरपालिका वडा नं ८ को नगर तथा वडाबासीहरु लाइ अपिल

गोकर्णेश्वर नगरपालिका वडा नं ८ को नगर तथा वडाबासीहरु लाइ अपिल

कपन अनलाइन

काठमाडौं जेठ ९।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले नगर तथा वडाबासिहरुलाई अपिल गरेको छ ।वडा अध्यक्ष मनोज ढुंगाना द्वारा हस्ताक्षरित उक्त अपिलमा विश्व ब्यापी महामारीको प्रकोपको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को रोकथामको लागि नेपाल सरकारले घोषणा गरे बमोजिम लक डाउनलाइ हाल सम्म सचेतना पुर्वक पालना गरि सहयोग गरिदिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यसको पूर्ण पालना गर्नुहुनेछ भन्ने अपेक्षा वडाले गरेको बताइएको छ ।नेपालमा हालका दिनमा  कोरोना भाइरस द्रुत गतिमा संक्रमण फैलिरहेको विषम परिस्थितिलाइ मध्य नजर गर्दै निम्न बुँदाहरु कार्यन्वयन गरि सहयोग गर्न अनुरोध गरिएको छ ।

१) यस वडामा रहेका सम्पूर्ण उपभोक्ता समिति टोल सुधार समिति, संघ ,संस्था महिला समुह क्लब युवा तथा बुद्धिजीवीहरुमा आ आफ्नो ठाउ बाट कोरोना भाइरस कोभिड १९ नियन्त्रणको लागि सहयोग गरिदिनको लागि अनुरोध गरिएको छ ।

२) वडा नं ८ मा बसोबास गर्ने सबै घर धनीहरुले जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुको बिवरण तुरुन्त सम्बन्धित वडा  कार्यालय तथा नजिकैको प्रहरीकार्यलयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

३ )अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किनु हुन र समुहमा हिडडुल नगर्न पनि अनुरोध गरिएको छ ।

४ )नेपाल सरकारले तोकेको अति आवश्यक सेवा उपलब्ध गराउने पसल व्यवसायहरु बिहान ६ बजे देखि बिहान ९ बजे सम्म मात्र खोल्न र अन्य पसल व्यवसायहरु पूर्ण रुपमा बन्द गर्न पनि अनुरोध गरिएको छ ।

साथै वडा बाट जारि भएको यो अपिलको बेवास्ता गरेमा कानुन बमोजिम कारवाही हुने पनि जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।