कालापानी क्षेत्रबाट भारतको बहिर्गमन निश्चित भयोःसूर्य थापा

कालापानी क्षेत्रबाट भारतको बहिर्गमन निश्चित भयोःसूर्य थापा

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ९।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लिम्पियधुरा,कापानी र लिपुलेकमाथिको भारतीय अधिपत्य समाप्त भएको बताएका छन् । सो क्षेत्रमा भारतको बर्षौदेखिको हैकम एक हदसम्म अन्त्य भएको भन्दै सैनिक टुकुडी हाटाउनको विकल्प नभएको बताए ।
बुधबार राजधानीको संवाद डबलीले ‘नयाँ नक्सा र भारतीय हस्तक्षेप’ अन्तरसंवाद कार्यक्रममा बोल्दै थापाले सन् १९६२ मा कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय सैन्य टुकडी, बंकरसहितको अतिक्रमण अन्त्य भएको र अब कुनैपनि हालतमा भारतको बहिर्गमन निस्चित भएको बताए ।
त्यसैगरी गतबर्ष कार्तिक महिनामा त्यस क्षेत्रलार्ई भारतमा गाभ्दै एकतर्फीरुपमा नक्सा सार्बजनिक गर्ने कदमविरुद्ध नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल कदमी लिँदै आएको बताउँदै थापाले भने, “नेपाल सरकारले बारम्बार भारत सरकार समक्ष कुरा गर्दागर्दै पनि झन् अहिले रोड खनेको र सार्बजनिक गर्ने कार्यले नेपाली जनातामा अझबढी राष्ट्रियताको भाव पैदा गराएको छ, आशा छ भारतजस्तो ठूलो देशले १९६२ तिरको चेतना नराखी हाम्रो भूमि छाड्ने छ ।”
भरतले मिचेको नेपाली भूमि अन्तर्राष्ट्रियस्तरमा तथ्यसहित राख्ने सरकारको कदमले ढोका खुलेको बताउँदै सल्लाहकार थापाले अगाडि भने,“यसबाट भारतले के कुरा बुझ्नुपर्छ भने, नेपालले अरुको एक इन्च जमिन पनि मिच्दैन र आफ्नो एक जमिन लिएको पनि सहदैन भन्ने प्रधानमन्त्रीज्यूको मान्यता पुष्टि गरेका छ ।”
सरकारले नक्सा ल्याउन ढिला गरेको भन्ने प्रश्नको जवाफमा थापाले अरु सामान्य विषयजस्तो छिट्टै भइहाल्ने नभएर आवाश्यक सत्य तथ्य प्रमाण र देशलाई राष्ट्रियताजस्तो विषयमा एक ढिक्का बनाउन प्रधानमन्त्री र सरकारले निकै मेहनत गरेको बताए ।आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यत्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सुरुमै नक्सा सार्बजनिक हुन्छ भनेको र संसदमा यस विषयमा कुरा उठ्दा प्रधानमन्त्रीले पनि एकदुई दिनमै नक्सा सार्बजनिक हुन्छ भनेअनुरुपनै काम भएको थापाले बताए ।

बुधबार भूमि व्यवस्थापन मन्त्री पद्मा अर्यालको नेतृत्वमो नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सर्बजनिक भएको छ भन्दै थापाले भने, “हामीले हाम्रो भूमी हो भन्ने प्रसस्त प्रमाणसहित उभिएका छौं, यसले समय लिएको हो, अब भारतले कुनैपनि हालतमा त्यहाँबाट आफ्नो अदिपात्य अटाउनु पर्छ ।”

त्यसैगरी कार्यक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपलले सन् १९५० को नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धीबाटै ग्रेटर भारतभित्र रहेको नेपाली भूमी हामीले पाउनु पर्ने आधार भएको बताए । ग्रेटर नेपालको अभियानको केही काम सरकारको नक्सा सार्बजनिक कार्यले सम्पन्न गरेको नेपालले बताए ।

अध्यक्ष नेपालले यदि भारतले अबपनि कालपानी, लिपुलेक र लिम्पियधुराबाट अफ्ना सेना नहटाए घुडा टेक्नुभन्दा अनितम लडाइँ लड्नु बेस हुने धारणा राखे । त्यसैगरी जलस्रोत विशेषज्ञ डा.जगत कुमार भुसालले यसभन्दा अघिका कुनैपनि सरकारहरुले नसकेको कार्य वर्तमान सरकारले गरेकोमा धन्यवाद दिए । यसबाट हाम्रोभूमि फिर्ता हुने ५० प्रतिशत काम सम्पन्न भएके धारणा राखे ।

तपाइँको प्रतिक्रिया ।