प्रबिधिमैत्री शिक्षक समाज सिन्धुपाल्चोक गठन

प्रबिधिमैत्री शिक्षक समाज सिन्धुपाल्चोक गठन

कपन अनलाइन 

सिन्धुपाल्चोक ,जेष्ठ ६।

प्रबिधिमैत्री शिक्षकहरुको एक भेलाले प्रबबिधिमैत्री शिक्षक समाज, सिन्धुपाल्चोकको जिल्ला समिति सोमबार गठन गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाभरका करिब ७० भन्दा बढी शिक्षकहरुको सहभागितामा भएको भेलाबाट श्री तेर्से माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा उपाध्यक्ष इन्द्रेश्वरी मावि, मेलम्चीका शिक्षक लेखनाथ भट्टराई, महिला उपाध्यक्ष कृष्ण रत्नगंगा मावि, चौताराकी शिक्षक सरिता काफ्ने, सचिब जाल्पा मावि, सुनकोशीका शिक्षक इन्द्रबहादुर तामाञ, कोषाध्यक्ष घिच्चेत उसिधुम माविका शिक्षक राजिव अनुपम सहित १७ सदस्यीय जिल्ला कार्य समिति र जाल्पादेवी मावि, भोटेचौरका शिक्षक चिरञ्जीवि नेपालको संयोजकत्वमा १३ सदस्यीय प्राबिधिक समिति गठन गरिएको छ ।
बाग्मती प्रदेश समितिका उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा भएको सो भेलामा कन्द्रीय अध्यक्ष भूपति बस्याल, महासचिब बासुप्रसाद अधिकारी लगायत अतिथि  रहेको थियो ।
शिक्षामा प्रबिधिको प्रयोगमा शिक्षकहरुबीच सिकाइको आदानप्रदान गर्दै नविनतम प्रबिधितर्फ अग्रसर गर्ने गराउने उद्देश्यले स्थापना भएको समाजले शिक्षकको पेशागत विकासमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
जिल्लाका प्रबिधिसँग रुची राख्ने सबै प्रकारका शिक्षकहरुलाई संगठित भई शिक्षण सिकाइ र विद्यालय व्यवस्थापनमा सीप र क्षमताको पारस्परिक आदानप्रदान गर्दै बदलिँदो परिवेश अनुसार शिक्षकको पेशागत विकास र विद्यार्थीको सिकाइ उपलब्धी बृद्धिमा योजनावद्ध रुपमा कार्यक्रम तय गरी अगाडी बढ्ने गठित समितिका अध्यक्ष ढुंगानाले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।