शंखरापुर नगरपालिकाको बस्तीमा पसेको हरिणको प्रहरी द्वारा उद्दार

शंखरापुर नगरपालिकाको बस्तीमा पसेको हरिणको प्रहरी द्वारा उद्दार

कपन अनलाइन

काठमाडौं जेठ ६। शंखरापुर नगरपालिकाको बस्तीमा पसेको हरिणलाइ प्रहरीले उद्दार गरेको छ। शंखरापुर नगरपालिका वडा नं ४ स्थित लप्सीफेदी बस्तीमा प्रवेश गरेको हरिणलाइ प्रहरीले उद्दार गरि बन  कार्यालयमा बुझाएको हो ।

बस्तीमा  प्रवेश गरेको हरिणलाइ स्थानीयले घेराबन्दीमा पारेको खबर पाउन साथ्  महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएकाे प्रहरीको टोलिले उक्त  हरिणको उद्दार गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरिक्षक गोबिन्द पन्थीले जानकारी दिए ।उद्दार गरिएको  हरिणलाइ प्रहरी प्रभाग साँखुमा ल्याइ  बन कार्यालयका प्रतिनिधिहरूलाइ बुझइएको  प्रहरी निरिक्षक पन्थीले जानकारी गराए। प्रहरी, बन कार्यालयका र स्थानीयको  रोहवरमा पुन हरिणलाइ जंगलमै छाडिएको पनि जानकारी गराए ।

फोटो :शंखरापुर न्युज

 

तपाइँको प्रतिक्रिया ।