नयाँ नक्शा स्वीकृत गरेपछी पर्यटन मन्त्री योगेस भट्टराईले काठमाडौं-कालापानी मार्च सम्झिए

नयाँ नक्शा स्वीकृत गरेपछी पर्यटन मन्त्री योगेस भट्टराईले काठमाडौं-कालापानी मार्च सम्झिए

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६।

नेपाल सरकारले लिम्पियाधुरा -लिपुलेक सहितको नयाँ नक्सा मन्त्री परिषदको बैठक बाट स्वीकृत भए संगै पर्यटन तथा नागरिक उड्ययन  मन्त्री योगेस भट्टराईले काठमाडौं – कालापानी मार्च सम्झिएका छन।

२०५५ साल जेष्ठ २२ गतेदेखि असार ५ गतेसम्म बिद्यार्थी र पत्रकार सहित ५७ जनाको टोलीको नेतृत्व गर्दै काठमान्डौ देखि कालापानी सम्मको मार्च गरेका अनेरास्ववियूका तत्कालिन अध्यक्ष भट्टराईले उक्त अवसरमा गाइएको गीत स्मरण गर्दै वर्तमान मन्त्री परिषदको सदस्यका रुपमा नक्शा स्वीकृत गर्ने बैठकमा सहभागी हुन् पाउदा गर्व अनुभूति भएको बताएका छन।

सो ऐतिहासिक अवसरमा मन्त्री भट्टराईले आफ्नो सामाजिक संजालमा लेखेका छन :

२०५५ साल जेष्ठ २२ गतेदेखि असार ५ गतेसम्म बिद्यार्थी र पत्रकार सहित ५७ जनाको टोलीले  काठमाडौं – कालापानी सम्मको मार्च गरेको थियो । अनेरास्वबियूको तत्कालिन अध्यक्षका हैसियतले मैले उक्त मार्चको नेत्रित्व गरेको थिएँ । काठमान्डौदेखि गोकुलेसम्म बसद्वारा र त्यहाँबाट कालापानीसम्म पैदाल यात्रा गरिएको थियो । भौगोलिक बिकटता र अत्यन्तै जोखिमपूर्ण बाटो अनि खाने बस्ने ठाउँको अभाबका कारण यात्रा कठिन थियो ।

तर मिचिएको नेपाली भुमी कालापानी क्षेत्र नेपाललाई फर्काउनु पर्ने अत्यन्तै देशभक्ति पूर्ण माग अनि ठाउँ ठाउँमा स्थानीय दिदिबहिनी तथा दाजुभाईहरुले गर्नु भएको सहयोगले हाम्रो गन्तब्यलाई संभव  बनाएको थियो ।

कालापानी हाम्रो हो

छोड् हाम्रो ठाउँ

भारतीय सेना हो

आफ्नै ठाउँमा जाउ

हामीले काठमान्डौदेखि कालापानीसम्म गाएको गीत यहि थियो ।

जो पछि देशब्यापी बन्यो । जन जनमा गुन्जियो । आज कालापानी सहित मिचिएको लिम्पियाधुरा सम्मको नेपालको नक्शा जारी गर्ने मन्त्रिपरिसदले निर्णय गर्दाको क्षणमा मन्त्रीका रुपमा सो बैठकमा सहभागि हुँदा गर्बको अनुभुती गरेको छु । कालापानी यात्रामा संगै रहनुभएका सबै साथीहरुको गहिरो संझना आईरहेको छ ।फोटो :प्रेम गुरागाईको सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।