जोसेफ एजुकेसन नेटवर्कको संयोजनमा विपन्न परिवारलाई चौथो चरणको राहत वितरण

जोसेफ एजुकेसन नेटवर्कको संयोजनमा विपन्न परिवारलाई चौथो चरणको राहत वितरण

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मिलनचोकमा रहेको जोसेफ एजुकेसन नेटवर्कको संयोजनमा चौथो चरणको राहत वितरण गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा न १० तथा कपन प्रहरी प्रभागको सहमतिमा बुनपा वडा न १० निवासी समाजसेबी  रामजी थपलिया तथा रिता थपलिया, कपन पन्चकुमारी स्थित खाद्य स्टोरका प्रोपाईटर उत्तम पाठक, बुनपा १० स्थायी घर भै हाल अमेरिका निवासी  रामहरी भण्डारी तथा राम कुमारी भण्डारी, मिलनचोकमा रहेको मसला उधोगका  बिकुलाल श्रेष्ठ, समाजसेबी तथा जोसेफ स्कुलका अभिभावक  टङ्क प्रसाद नराल र जोसेफ एजुकेसनल नेटवर्कका सस्थापक प्राचार्य सुर्य बहादुर अधिकारीको सहयोगमा उक्त राहत वितरण गरिएको थियो।

जोसेफ हाई स्कुल कपन मिलनचोकको प्राङ्गणमा काठमाडौ महानगरपालिका वडा न ६ र ७ महान्काल, सरस्वतीनगर,चाबहिल तथा बुढानिलकण्ठ नगरपालिका वडा न १० र १२ कपन क्षेत्रमा  बसोबास गर्ने, असक्त बिरामी, ज्यालादारी मजदुरी गर्ने, जोसेफ स्कुलका  स्टाफ र अभिभाबकहरु सहित ६५ परिबारलाई सो राहत वितरण गरिएको थियो।

वडा नं  १० सदस्य भुप प्रसाद रेग्मिको रोहबरमा चामल,आलु , प्याज, तोरी तेल,दाल,साबुन, नुन,माक्स सहितको राहत सामग्री बितरण गरीएको छ उक्त अवसरमा  रामजी थपलिय,ई जोसेफ पब्लिक स्कुलकी शिक्षिका रीता थपलिया, रामहरि भण्डारी,रामकुमारी भण्डारी,उत्तम पाठक,बिकुलाल श्रेष्ठ, टङ्क नराल तथा जोसेफ एजुकेसनल नेटवर्कका सस्थापक प्राचार्य सुर्य बहादुर अधिकारी, सह प्राचार्य दीपक अधिकारी, ई जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारी,सम्भब महिला समुहका अध्यक्ष देबी रेग्मी, काभ्रे – बुनपा काठमाडौ समाजका संयोजक तथा बाल उद्दार मा.बि.का सहायक प्राचार्य राजन रेग्मी,कपन प्रहरी प्रभागका प्रहरी सहायक निरिक्षक परमानन्द भट्ट,जोसेफ हाई स्कुलका इन्चार्ज अमित अधिकारी, समाजसेबी बुबा राम बहादुर अधिकारी, समाजसेबी सानुमैया अधिकारी, जोसेफ यातायात ईन्चार्ज राजन थापा , प्रशासक मोहन खड्का लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।