किन गयो कांग्रेस-एमालेको सातो ?

एकाएक ११ प्रदेशको सहमतिबाट पछि हटेर माओवादीका सुप्रिमो प्रचण्डले जातिय पहिचान सहितको १० प्रदेशको प्रस्ताव राखेपछि नेपाली राजनितिमा खासगरि नेपाली कांग्रेस र नेकपा एमालेभित्र सानो तिनो ‘सुनामी’ नै आएको छ।

कांग्रेस र एमालेका नेताहरुलाई प्रचण्डले ‘बिताउलान’ भन्ने पिरले पोलेको बताइन्छ।  आफ्नै पार्टीका जनजाती र मधेसी सभासदविच पनि प्रचण्ड हावी हुन थालेपछि उनीहरुको निन्द्रा हराएको हो। ११ प्रदेश विरुद्ध ३२० सभासद स्पष्टै देखिएपछि प्रचण्डको ‘क्षमता’ चाल पाएका कांग्रेस र एमाले अहिले नयाँ रणनिति बनाउन लागेका छन्, तर त्यो पनि ढिलो भइसकेको उनीहरुलाई थाहा छ।
माओवादी सत्ताकब्जा तिर लागेको  पनि केही कांग्रेस-एमालेका नेताले दावी गरेका छन् तर ‘जनसेना बुझाइसकेको’ उत्तर दिन प्रचण्ड सधै तयार रहेकाले ठुलो स्वरमा यो आवाज वाहिर निक्लिएको भने छैन् ।
सोमवार दिन भरिको वार्ताले पनि समाधान होइन समस्या थपेपछि देशको राजनैतिक तापमान ह्वात्तै बढेको छ भने देश निर्णायक भीडन्त तर्फ उन्मुख देखीएको छ।
अवका केही दिन भित्र दलहरु बिच कुनै सहमति देखा परेन भने संकट अगाडी तयार भएर बसेको राजनैतिक विश्लेषण संगै केही नेताहरु सहमतिका लागी मरेर त लागेका छन् तर त्यो पर्याप्त होला भनेर विश्वास गर्ने आधार छैन्।
हलो संघियताको संरचनामा गएर अड्डिएपछि त्यसको सवैभन्दा महंगो मुल्य कांग्रेस-एमालेले चुकाउनु पर्ने अवस्था पैदा भएको विश्लेषण गरिएको छ।
प्रचण्डले नै जनजातीलाई उक्साएर भाँडभैलो मच्चाउन खोजेको आरोप कांग्रेस र एमालेले लगाएका छन तर आदिवासी जनजातीको यो आन्दोलनमा कांग्रेस एमालेकै जनजाती सभासद समेत उत्रिएको कुरा भने उनीहरुको आत्मविश्वास घटाइरहेको छ।
कांग्रेस र एमालेकै आरोपलाइ सत्य मान्ने हो भने पनि   जेठ १४ अघिको राजनैतिक खेलमा माओवादीले ‘बाजी’ मारिसकेको छ किन भने सत्तामा माओवादी(प्रधानमन्त्री), सडकमा माओवादी(जनजातीलाई प्रचण्डले उकासेको कांग्रेस र एमालेको आरोप) र सदनमा माओवादी(माओवादीले जनजाती सभासद चोरेको कांग्रेस एमालेको ठहर)
तपाइँको प्रतिक्रिया ।