स्वरोजगार व्यापार श्रमिक संघद्वारा काठमाडौं महानगर विरुद्ध आन्दोलन गर्ने चेतावनी, कसले के भने ?

कपन अनलाइन
काठमाडौं, असोज ९ ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधननगरे आन्दोलनगर्ने चेतावनीदिएको छ ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्रपनिमहानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलनगर्ने चेतावनीदिएको हो ।
संघले महानगरले वार्ता र सम्वादमार्फत समस्या समाधानगर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसायगर्ने वातावरण तयार गर्नुपर्ने मागअघि सारेको छ ।
स्वरोजगारश्रमिकहरुको व्यवस्थापनको लागिकानूनतथानीतिनिर्माण गरिनुपर्ने, श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसायगर्ने वातावरण तत्कालबनाउनुपर्ने संघले माग गरेको छ ।
यसैगरी, चाडवाडलक्षित गरेर अल्पकालिन रुपमाबिहानर बेलुकीको निश्चित्समय निर्धारण गरी यथास्थानमाव्यवसायगर्न प्रबन्धमिलाउन, जफतगरिएका सामानहरु फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ ।
स्वरोजगारश्रमजीवीहरुलाई राज्यले सम्मानगर्नुपर्नेमासत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानीनै सिध्याइदिनेगरी सामान नियन्न्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ ।
त्यस्तै, श्रम डेक्सको स्थापना गरी आफ्नापालिकाभित्रकाश्रमसम्बन्धीविषयहरुलाई व्यवस्थितगरि श्रमिकहरुको आवश्यक सुचिकरणलगायतका श्रम व्यवस्थापनसँगसम्बन्धितकामको थालनीगर्नुपर्ने संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
र,तत्कालउत्पन्नभएकासमस्या समाधानर दिर्घकालिन संकटहरुको व्यवस्थापनकालागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरु सम्मिलित‘उपत्यकामा सञ्चालनगरिने नागरिक बजार तथास्वरोजगार श्रमिकको समस्या समाधानकालागि सर्वपक्षियकार्यदल’तत्काल गठन गरी आवश्यककामको थालनीगर्र्नुपर्नेमाजोड दिएको छ ।
पत्रकार सम्मेलनमाबोल्दै संघकाअध्यक्षमाया गुरुङलेआफूले नेतृत्व गरेको संगठनमा १८ हजारश्रमिकहरु सदस्यरहेको बताईन् । कोभिड महामारीमापनिलामो समय कामगर्न नपाएको सुनाउँदै उनले सडकमा बसेर व्यापार गर्ने आफूहरुको रहर नभइबाध्यताभएको स्पष्ट पारिन् ।
महानगरकामेयर बालेन्द्र साहले फुटपाथमा बसेर व्यवसायगर्नेहरुलाई व्यवस्थितगर्ने आफ्नो प्रतिवद्धता बिर्सिएको समेत उनले आरोप लगाइन् । उनले भनिन्,‘लाखौं करोडौं सम्पत्तिभएकाहरुलाई अवैधानिकसंरचनाभत्काउँदाखासै असर पर्दैन्, तर ५ हजार रुपैयाँले व्यापार गर्नेलाई ठुलो असर गर्छ ।’उनले फुटपाथ व्यवसायीहरुलाई महानगरकाप्रतिनिधिहरुले लछारपछार गरेको उल्लेख गर्दै त्यसको घोर भत्र्सनागरिन् ।
महानगरले सानाव्यवसायीहरुले बिक्रिगर्ने सामानराखिएको गोदामसमेत फुटाइदिएको भन्दै उनले आपक्तिजनाइन् । महानगरले सबै जनताको पक्षमाकामगर्नुपर्नेउनको भनाइथियो । उनले महानगरले एकलौटी ढंगले अमानवीयरदमनकारी हिसाबले गलतकार्य गरेको भन्दै त्यसको विरोध जनाइन् ।
त्यस्तै, प्रतिनिधि परिषदकाप्रमुखनारायण न्यौपानेलेफुटपाथको व्यापार राज्यलाई नभईनहुने व्यवसायभएको बताए । नेपालजस्तो गरिब देशले निम्नस्तरको कामनगरी बाँच्ननसक्ने भन्दै उनले ठुला–ठुला काम र कुराले मात्रै राज्यचल्ननसक्ने उनको भनाइथियो ।
सानाकामलाई मर्यादित रव्यवस्थित् गरेर अगाडी बढाउन सक्ने देशहरुले विकास गरेको उनले सुनाए । उनले भने,‘फुटपाथे सानाव्यापारीहरुको आवाज र समस्याबारे सबै पक्षले ध्यानदिनुपर्छ ।’ सानाव्यवसायीको पक्षमाहुनलागेको आन्दोलनमासम्पुर्ण स्वरोजगार संगठनहरुसहभागीभएर ऐक्यवद्धता जनाउनसमेत उनले आग्रह गरे ।
‘अबको आन्दोलन संयुक्तमोर्चा बनाएर गर्नुपर्छ, सम्पुर्ण व्यवसायी, विभिन्न संगठनहरु एकत्रितहुनआवश्यक छ ।’–उनले भने ।
राज्यलाई कर तिर्न आफूहरु तयार रहेको पनिउनले स्पष्ट पारे । संघका अनुसार सडकपेटी, गल्ली, बजार, अस्थायी टहरामाश्रम गरेर जीवनचलाउनेहरुको संख्याउपत्यकामाकरिब ५० हजार र उनीहरुको आश्रित परिवारसमेत गरी करिब २ लाख रहेकाछन । संघले गतभदौ ३० गते महानगरलाई आफ्नो समस्याबारे ध्यानाकार्षण पत्रबुझाएको छ ।

तपाइँको प्रतिक्रिया ।