मोरङ्ग क्षेत्र नं ६ (२ ) नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिने तयारीमा कृष्ण बस्नेत ( पर्शुराम )

कपन अनलाइन

काठमाडौँ, भाद्र ८।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले मोरङ जिल्लाको प्रतिनिधि सभा क्षेत्रको प्रदेस क्षेत्र २ मा उम्मेद्वारी दिने तयारी गरेका छन।

नेकपा एमाले प्रदेस नं १ कमिटीका सचिवालय सदस्य तथा युवा इन्चार्ज बस्नेतले मंगसिर ४ गते हुने प्रदेस सभा क्षेत्रको निर्वाचनमा उम्मेद्वार बन्ने तयारी गरेको आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका छ्न।

पार्टी जीवनको कठिन समयमा खेल,खेलाडी र खेलकुद महासंघको विकास र विस्तार अभियानको नेतृत्व गरेका बस्नेतले आफु मतको मात्र हैन,खेलाडीहरुको मनको पनि प्रतिनिधि बन्ने अवसरका लागि निर्वाचन अभियानको तयारी सुरु गर्ने घोषणा गरेका छन।

रास्ट्रिय युवा संघ नेपालको प्रारम्भिक कमिटीबाट राजनीतक यात्रा सुरु गरेर केन्द्रीय सचिव हुदै उपाध्यक्ष  बनेका बस्नेत मोरङ जिल्लाको राजनीतिमा पनि लामो समय देखि सक्रिय रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।