भारतको सन्देश लिएर राजदुत जयन्त प्रसाद प्रचण्ड निवासमा

९ जेठ, काठमाडौ। नेपालको राजनैतिक अवस्था वारे रिपोर्टिङ गर्न भारत गएका राजदुत जयन्त प्रसाद आज काठमाडौ फर्किएका छन्,काठमाडौ फर्किए लगतै उनी माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्डकै निवास लाजिम्पाट पुगेका छन् ।

उनी साउथ ब्लकले माओवादीलाइ दिएको सन्देश बोकेर प्रचण्डलाई भेटन गएको बताइएको छ, केही दिन यताको नेपाली राजनैतिक घट्नाक्रमलाई आँखा नचिम्लिकन अध्ययन गरेको भारतको सन्देशले नेपालको भावी राजनितिलाई प्रभाव पार्ने विश्लेषण गरिएको छ।
नेपालकै कांग्रेस र एमालले माओवादी सहमतिबाट पछि हटेको आरोप लगाइरहँदा भारतीय सन्देशले माओवादी पार्टीको भावी कार्यदिशा र प्रचण्डको रणनितिलाई पनि फरक पार्ने निश्चित छ।
जारी आदिवासी जनजाती आन्दोलन र मधेस मुद्दाका विषयलाई लिएर भारतले केही विशेष सन्देश पठाएको हुन सक्ने राजनैतिक विश्लेषकहरुले दावी गरेका छन्।
तपाइँको प्रतिक्रिया ।