सैनिक आवासीय महाविद्यालयमा शिक्षक आवश्यक ।

सैनिक आवासीय महाविद्यालयमा शिक्षक आवश्यक ।

कपन अनलाइन

काठमाडौं , साउन २६ ।

भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले स्थायी करारमा नेपाली र गणित विषयका शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। महाविद्यालयका अनुसार पी.जी.टी. (Post Graduate Teacher) नेपाली विषयका लागि १ जना र जी.टी. (Graduate Teacher) गणित विषयका लागि १ जना शिक्षक आवश्यक छन्।

पी.जी.टी. पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी स्नातक तहमा कम्तीमा ५० प्रतिशत अंक हासिल गरेका उम्मेदवार हुनुपर्नेछ। त्यस्तै, जी.टी. पदका लागि गणित विषयमा स्नातक तह उत्तीर्ण गरी स्नातक तहमा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्छ।

दरखास्त पेश गर्दा व्यक्तिगत विवरण (CV), नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रहरू, अनुभव प्रमाणपत्र, तालीम प्रमाणपत्र तथा पासपोर्ट साइजका २ वटा फोटो अनिवार्य रूपमा बुझाउनुपर्नेछ। उमेर सीमा ४५ वर्षसम्म तोकिएको छ।

तोकिएको दस्तुर शुल्क पी.जी.टी.का लागि रु. १२०० र जी.टी.का लागि रु. १००० रहेको छ।
दरखास्त पेश गर्ने अन्तिम मिति २०८२ साल भदौ २६ गते (२०२५ सेप्टेम्बर ११) बिहान ९:०० बजे देखि १०:०० बजेभित्र महाविद्यालयमा बुझाउन सकिनेछ।

लिखित परीक्षा २०८२ साल भदौ २७ गते बिहान ११:०० बजे र सर्टलिस्ट प्रकाशन सोही दिन बेलुकी ५:३० बजे हुनेछ। अन्तिम छनोट सर्टलिस्ट, लिखित परीक्षा, क्लास डेमोन्स्ट्रेसन र अन्तर्वार्तामार्फत गरिनेछ।

महाविद्यालयले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई तोकिएको समयभित्र सम्पर्क गर्न अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।