त्रिवि शिक्षण अस्पतालमा विभिन्न पदका लागि कर्मचारी माग ।

त्रिवि शिक्षण अस्पतालमा विभिन्न पदका लागि कर्मचारी माग ।

कपन अनलाइन

काठमाडौं, साउन २६।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल, महाराजगञ्जले विभिन्न विभागका पदमा करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट ४५ वर्ष ननाघेका उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो।

अस्पतालका अनुसार रिक्त पदहरू यस प्रकार छन्:

  • क्लिनिकल ओ.पी.डी. — एमडीजीपी उत्तीर्ण, ४ जना
  • युरोलोजी — जनरल सर्जरी विषयमा एमएस वा सो सरह उत्तीर्ण, १ जना
  • इमर्जेन्सी — मेडिसिन डिप्लोमा/एमडीजीपी एण्ड इमर्जेन्सी वा सो सरह उत्तीर्ण, २ जना
  • अनकोलोजी — रेडिएसन अनकोलोजी विषयमा एमडी उत्तीर्ण, १ जना

आवेदनको लागि उम्मेदवारले शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण, नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र, र आवश्यकता अनुसार समकक्षता प्रमाणपत्र बुझाउनु पर्नेछ।

उक्त पदहरूको मासिक पारिश्रमिक रु. ८७,२८०/- (दुई हजार पाँच सय कर कट्टी गरिएको) तोकिएको छ। आवेदन फाराम अस्पताल प्रशासन शाखाबाट उपलब्ध हुनेछ।

दरखास्त दिने अन्तिम मिति २०८२/०५/२७ तोकिएको छ। परीक्षा लिखित हुने र मिति पछि तोक्ने अस्पतालले जनाएको छ।

विस्तृत जानकारीका लागि अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।

तपाइँको प्रतिक्रिया ।